झापा: उद्यमशिल महिला जागरण केन्द्र, कमल गाउँपालिका झापाको आयोजनामा र ईलाम चुलाचुली गाउँपालिको आर्थिक सहयोगमा पुस २९ गतेबाट एक हप्ते सेनेटरी प्याड निर्माण सम्बन्धि तालिम सुरु भएको छ ।

चुलाचुली गाउँपालिका वडा नम्बर १ का महिलालाई लक्षित गरेर सुरु गरिएको तालिममा ३ दिने सेनेटरी प्याड निर्माण र ६ दिने निःशुल्क उद्घोषण तालिम सन्चालन गरिने आयोजकले जनाएको छ । उद्यमशिल महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दाहालको अध्यक्षतामा भएको तालिम उद्घाटन गर्दै प्रमुख अतिथि चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले गाउँमा रहेका हरेक महिलालाई विभिन्न खाले सिप सिकाई स्वरोजगार बनाउने लक्ष्य रहेको बताए । यस्तै, स्वस्थ्य सम्बन्धि जनचेतना दिने उद्देश्य गाउँपालिकाको रहेको जानकारी गराउदै यो तालिक लिएपछि महिलाहरुमा आत्मबल मिल्ने र सेनेटरी प्याडमा भएको खर्च समेत न्युनिकरण हुनसक्ने राईले बताए ।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष पुर्ण लावती वडा सचिब गोबिन्द सुबेदी, पत्रकार उमनाथ भण्डारी, वडा सदस्य सिता लावती लगायतले मन्तव्य राखेका थिए । तालिममा सहभागीहरु मध्ये सेनेटरी प्याड निर्माणका सहभागीलाई लाईफ लाईन अस्पताल दमककी पेमा तामाङ्ग र उद्घोषण तालिमका सहभागीलाई मनु तामाङ्गले सहजी करण गर्नेछन् ।