धरान: एक करोड बढी लगानीमा खुलेको धरान ७ स्थित होटल सन्ध्या इनको बुधबार एक कार्यक्रमबीच उद्घाटन भएको छ ।

उक्त होटलको धरानकी कार्यबाहक मेयर मन्जु भण्डारी सुवेदी र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाले संयुक्तरूपमा रिबन काटेर गरेका थिए । उद्घाटन पश्चात सबै अतिथिहरूले होटलको अवलोकन गरेका थिए । उक्त होटल मजदुर नेता रविन अधिकारीले करीब १ करोड १० लाख लागतमा सञ्चालनमा ल्याएका हुन् । खान र बस्न सुविधा सम्पन्न होटल सञ्चालनमा आएको हो ।

aIMG_2819

होटलमा १३ वटा एसी, नन्एसी गेस्ट रूम रहेको सञ्चालक अधिकारीले बताए । यस्तै, ३० जना क्षमता भएको मिटिङ हल र ८० जना क्षमता रहेको पार्टी हल पनि रहेको उनले जानकारी दिए । उदघाटनको अवसरमा खानामा १५ प्रतिशत, ड्रिङक्स् र रूममा १० प्रतिशत छुट रहेको छ पनि उनले बताए । अन्य होटल भन्दा फरक यहाँ रूममा बस्ने अतिथीहरूका लागी २४ सै घण्टा किचन खुल्ला रहने भएकाले जतिबेला पनी खानाको अर्डर गर्न सकिन्छ ।

aIMG_20190116_124845 copy

भानुचोक क्षेत्रमा व्यवस्थित होटल धेरै नभएकाले यो क्षेत्रमा होटल संचालनमा ल्याएको सञ्चालक अधिकारीको भनाई छ । धरान क्षेत्रमा बस्नका लागी रूम महँगो हुँदै गएकोले सस्तो दरमा व्यवस्थित लजको व्यवस्था गरी सेवा प्रदान गर्ने उद्देश्य रहेको उनले बताए । धरान ८ निवासी होटल सञ्चालक अधिकारी २०४७ सालदेखि यातायात मजदुरको रूपमा कार्यरत रहेका थिए । २०६० सालबाट सवारीमा पनि लगानी गर्दै उनले २ वटा यात्रु बस चलाए । २०६८ सालमा भानुचकमा होटल हटबाइट रेस्टुरेन्ट सञ्चालन गरी उनले होटल व्यवसाय पनि सुरू गरेका थिए । यसअघि उनले भोटेपुलमा सन्ध्या किचन चलाएका थिए ।