धरान:धरानमा जारी १९ औं संस्करणको अन्तर वडास्तरीय रेडबुल गोधुली कप अन्तर्गत धरान–११ फाइनलमा प्रबेश गरेको छ ।

धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा वडा नं ६ लाई २–० गोल अन्तरले हराउदै धरान–११ ले फाइनल यात्रा तय गरेको हो । खेलको दोस्रो हाफको ४४ औं मिनेटमा वडा ११ का धिरेन लिम्बूले गोल गदै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै, ७६ औं मिनेटमा डिबक्स एरियामा वडा ६ का गोल किपरले विपक्षीमाथि फल गरेपछि पाएको पेनाल्टीलाई वडा ११ का अनिल राईले गोल गदै जित सुनिश्चित गरेका थिए ।

खेलको म्यान अप दि म्याच वडा ११ का धिरेन लिम्बू घोषित भए । विहिबारको दोस्रो समिफाइनल खेल साविक विजेता आयोजक वडा १७ र वडा १३ बीच फाइनलको यात्राको लागि भिडन्त हुनेछ ।