धरान : छैठौं संस्करणको ‘यूनाइटेड गोर्खा एकेडेमी अन्तर विद्यालयस्तर छात्र तथा छात्रा भलिबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ ।

धरान–१५ स्थित विद्यालयको भलिबल कोर्टमा भएको उद्घाटन खेलमा छात्रतर्फ समिट, भिट्रोरी स्कुल र आयोजक यूजिए ‘ए’ ले विजयी सुरुवात गरेका छन् । त्यस्तै, छात्रातर्फ यूजिए ‘वि’, यूजिए ‘ए’, र हाम्रो बोडिङ स्कुल इटहरीले पनि विजयी सुरुवात गरेका छन् । पहिलो खेलमा समिटले कार्मेल हाइस्कुललाई ३–० को सोझो सेटमा हराउदा आयोजक यूजिए ‘ए’ ले आयोजक यूजिए ‘बि’लाई ३–० को सोझो सेटमा हरायो । तेस्रो खेलमा यूएन स्कुल भाग नलिएपछि वाकओभर पाउदै भिट्रोरी स्कुल विजयी सुरुवात गर्यो ।

uni

यता छात्रातर्फ भने यूनिक एकेडेमी खेलमा भाग नलिएपछि वाक ओभर पाउदै यूजिए ‘बि’ विजयी सुरुवात गर्दा यूजिए ‘ए’ ले सेक्रेटा हार्टलाई ३–१ को सेटमा हराउदै विजयी सुरुवात गर्यो । तेस्रो खेलमा हाम्रो स्कुल इटहरीले भिट्रोरीलाई ३–० को सोझो सेटमा हराउदै विजयी सुरुवात गरेको थियो ।

प्रतियोगितामा जिल्लाभरीका संस्थागत विद्यालयका छात्र १६ र छात्रा १४ गरी जम्मा ३० टिम सहभागी बनेको विद्यालयका सहायक प्रअ तथा खेल संयोजक सन्तोष पोख्रेलले बताए । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । त्यसैगरी, दोस्रो र तेस्रो बन्नेले क्रमसः १२ हजार र १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसैगरी, व्याक्तिगत पुरस्कार समेत वितरण गरिने स्कुलले जनाएको छ । विद्यालयहरुमा एक आपसमा भाइचारा कायम गर्नको लागि र विद्यार्थीहरुको भलिबल खेलको विकासको लागि प्रतियोगिता गराउदै आएको विद्यालयका प्रअ पेम्बा शेर्पाले बताए ।

रक्तदानमा ६५ पिण्ट रगत संकलन

औपचारिक कार्यक्रमको पूर्वसन्ध्यामा यसवर्ष पनि रक्तदान कार्यक्रम गरिएको थियो । रक्तदानमा ६५ पिण्ट रगत संकलन भएको विद्यालयका शिक्षक कर्मा शेर्पाले जानकारी दिए । प्रतियोगिताको उद्घाटन धरान–१५ नम्बर वडाका कार्यबाहक अध्यक्ष ज्ञानेन्द्र बस्नेतले गरेका थिए ।

blpdd