धरान । आफुलाई मनपरेको सामानको मुल्यदेखि व्राण्डसम्म इन्फरमेशन अनलाइनमार्फत नै थाहा हुनेभएपछि अनलाइन सपिङको लोकप्रियता दिनानु दिन बढ्दै गएको छ । अब अनलाइनमार्फत मनपर्ने खाना, खाजाहरुको पनि अर्डर गरेर मगाउन सकिन्ने भएको छ । धरानमा पनि अनलाइन फुड डेलिभरी सेवा सुरु भएको छ ।

काठमाडौं, पोखरा, विरानगरमा सञ्चालन भइरहेको यो सेवा धरानेहरुले पनि पाउने भएको हो । ‘हंगर मेला एप’मार्फत धरानका विभिन्न रेष्टुरेन्टका खाना, खाजाहरु तथा मन परेका परिकार अफिस अथवा घरैमा उपलब्ध गराइने हङगरका मार्केटिङ मेनेजर एण्डिराज दाहालले बुधबार धरानमा गएिको पत्रकार सम्मेलनमा बताए । ‘अफिमा व्यास्त हुन्छन्, घरैमा बसेर रेष्टुरेन्टका खानेकुरा खाने मन हुन्छ, अब हामी घरैमा उपलब्ध गराइदिन्छौं, त्यो पनि रेष्टुरेन्टकै रेटमा,’उनले भने,‘मानिसहरुलाई रेष्टुरेन्टमा लाइन लागेर पालो कुरेर खाने झन्झट हुदैन ।’ ग्राहकले अर्डर गरेको करिब ४५ मिनेटभरीमा उपलब्ध गराउने उनले बताए ।

हाल विरानगर, धरान, इटहरीमा सेवा दिइरहेको सञ्चालक ब्रिजेश सिंहले बताए । हंगरले धरानका विभिन्न रेष्टुरेन्टसंग समन्वय गरेर सेवा दिइरहेको उनले बताए । ‘धरानको ग्राहकले धरानभरीकै रेष्टुरेन्टको आफुले मनपरेको खानेकुरा अर्डर गर्नुपर्ने हुन्छ, त्यस्तै, विरानगरले विरानगरकै र इटहरीले इटहरीकै रेष्टुरेन्टको आनेकुरा अर्डर गर्नुपर्ने हुन्छ,’ उनले भने । पौष १९ गतेदेखि नै धरानमा सेवा विस्तार गरेका उनले बताए । दिनमा ३५ वटासम्म अडर आउने गरेको उनले सुनाए ।

hunger 2 copy

सिंह विरानगरका स्थायी बासिन्दा हुन् । उनले भारतको बैङलोरमा आइटी कोर्स गरेर आएको बताए । धरान–१२ स्थित अमान बजारमा हंगरको सम्पर्क कार्यालय रहेको छ । इन्टरनेट सेवा बाहिर भए फोन सम्पर्कमार्फत पनि अर्डर दिन सकिने सञ्चालक सिंहले बताए । सेवा दिन सहज भएपनि रेष्टुरेन्टहरुले अर्डरका खानेकुरा ढिलो तयार गरिदिँदा समस्या हुने उनले बताए । उनी भन्छन्,‘कहीले काही रेष्टुरेन्टहरुले खानेकुरा तयार ढिलो गर्दा कस्टमरहरु रिसाउँछन्, अब अझै व्यावस्थित रुपमा चाँडो सेवा दिने कोसिसमा छौं ।’

के हो हंगर मेला ?

हंगर मेला एउटा अनलाइन फुड डेलिभरी एक हो । यस एप्समार्फत आफुलाई मनपरेको रेष्टुरन्टको खाना अडर गरी घरैमा बसिबसि खान सकिन्छ । अर्थात कम्पनीको डेलिभरी ब्वाइले घरैमा अर्डर गरेका खानेकुराहरु उपलब्ध गराइदिन्छ ।

कसरी अडर गर्ने ?

हंगर मेलामार्फत अडर गर्न लागि ‘प्ले स्टोर’ मा ‘हंगर मे’ला एप्स डाउनलोड गर्नुपर्छ । हंगर मेलाको वेबसाइट www.hungermela.com मा गएर click गर्ने । click गर्ने वित्तिकै दुई वटा लग इन सिस्टम हुन्छ ‘जीमेल’ र ‘फेसबुक’ एउटामा login गर्ने । अनि आफुलाई मनपरेको रेष्टुरेन्टको खाना अथवा परिकार अर्डर गर्न एउटा फर्म फिलअप गर्नुपर्छ । त्यो फर्ममार्फत आइटिमा बसेकाले थाहा पाउँछन् । अनि ग्राकलाई फोन सम्पर्क गरेर लोकेशन पत्ता लगाउने अर्डर गरेका खानेकुराको बारेमा बुझेर सम्बन्धीत रेष्टुरेन्टमा अर्डर गर्ने अनि डेलिभरी ब्वाइले ग्राकलाई पु¥याउछ ।