झापा:कृषि विकाससँगसँगै भित्रिएको रसायनिक विषादीले मुलुक आक्रान्त हुने अवस्थामा झापाको कमल गाउँपालिकाले भने रसायनिक विषादी न्युनिकरणमा जोड दिएको छ ।

नेपालमा विगत ६ वर्ष यता हरेक वर्षको पुस महिनाको तेश्रो हप्तादेखि माघ महिनाको पहिलो हप्तासम्म विभिन्न कृषि गतिविधि सञ्चालन गरेर मनाउदै आइएको विषादीमुक्त सप्ताह झापाको कमल गाउँपालिकाले र्यालीको आयोजना गरी केर्खा वजार परिक्रमाका साथै विभिन्न कार्यक्रम गरी मनाएको छ । गाउँपालिकाका आर्थिक समितिका संयोजक नरप्रसाद दंगालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद सिवाकोटी प्रमुख अथिति रहेका थिए ।

IMG_0855.jpeg copy

कमल गाउँपालिका कृषि विकास साखा प्रमुख प्रेम पोख्रेलले स्वागत गरेको कार्यक्रममा विषेस अथितिको रुपमा कृषि ज्ञान केन्द्र झापाका प्राविधिक सहायक खिर वहादुर श्रेष्ठ रहेका थिए भने कार्यक्रम आइपिएम अभियान्ता तथा सहजकर्ता टंक कट्टेलले सञ्चालन गरेका थिए । नव जागृति आइपिएम कृषक समुहले कृषि सचेतना गित सहित स्वागत गरेको कार्यक्रम करिव ३ सय कृषक विच सम्पन्न भएको थियो ।

कारीतास नेपाल, आइपिएम कृषि सहकारी तोपगाछी र गाउँपालिकास्तरीय अगुवा कृषक समुहले सहयोग गरेको कार्यक्रम कमल गाउँपालिका कृषि शाखाले आयोजना गरेको थियो । कार्यक्रममा आइपिएम कृषि सहकारी संस्थाले उत्पादन गरेको प्रांगारीक मल साथै जैविक विषादि वनाउन प्रयोग हुने ड्रम साथै उन्नत तरकारी तथा काँक्राको विउ विजन कृषक तथा कृषक समुहलाई वितरण गरिएको थियो । कमल गाउँपालिकाबाट विषादी मुक्त सप्ताह साथै अन्य कृषि गतिविधि सञ्चालनका लागि रु १ लाख १० हजार, कारितास नेपाल वाट ५ हजार रकम र आइपिएम कृषि सहकारीको ४० हजार वरावरको ढुवानी सहितको मल कृषकलाई वितरण गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।

IMG_0838.jpeg copy

कार्यक्रममा वोदै गाउँपालिका उप प्रमुख वेनु प्रसाद सिवाकोटिले गाउँपालिकालाई नै विषादी मुक्त वनाउने अभियानमा गाउँपालिका केन्द्रित भएको वताए । सोहि अवसरमा वोदै उपाध्यक्ष सिवाकोटीले भने,“गत वर्षबाट नै गाउँपालिकाले विसादी न्युनिकरणका कार्यक्रमहरु सञ्चालन गरिरहेको साथै यस आर्थिक वर्षमा पनि १० लाख भन्दा वढि रकम जैविक मल निर्माणमा छुट्याएका छौँ ।”