धरान:धरानमा जारी १९ औं संस्करणको अन्तर वडास्तरीय रेडबुल गोधुली कपमा साविक विजेता आयोजक धरानको वडा नं १७ उपाधि नजिक पुगेको छ ।

धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा बिहिबार भएको अन्तिम सेमिफाइनल खेलमा धरानको वडा नं १३ लाई २–० गोल अन्तरले हराउदै आयोजक वडा १७ फाइनलमा पुगेको हो । खेलको पहिलो हाफको २६ औं मिनेटमा वडा १७ का हेमन्त थापामगर र दोस्रो हाफको ६२ औं मिनेटमा मिलन राईले गोल गदै वडा १७ लाई फाइलन पुर्याएका थिए । वडा १७ ले उपाधि रक्षाको लागि फाइनलमा वडा ११ को सामाना गर्नेछ ।

DSC00024 copy 1

वडा १३ ले खेल अवधिभर वडा १७ लाई दवाबमा राखेपनि फिनिसिङ गर्न चुक्दा सेमीफाइनलबाटै घर फर्कनु पर्यो । खेलको म्यानअफ दि म्याच वडा १७ का हेमन्त थापामगर घोषित भए । उपाधिको लागि आयोजक वडा १७ र वडा ११ बीच शनिबार प्रतिस्पर्धा हुनेछ । वडा नं ११ ले वडा नं ६ लाई हराउदै फाइनल पुगिसकेको छ ।

S6710017 copy S6710022 copy