धरान: धरानमा ‘प्रथम छात्र तथा छात्रा विद्यालयस्तरीय बास्केवल च्याम्पियनसिप २०७५’ बिहिबारदेखि सुरु भएको छ ।

पूर्व जुनिय पायोनियर विद्यार्थी संगठनको आयोजना तथा धरान बास्केटबल संघ र जिल्ला बास्केटबल संघ सुनसरीको सहयोगमा भएको प्रतियोगितामा लोटस विद्या विहार, कार्मेल स्कुल र विष्णु स्कुलले विजयी सुरुवात गरेका छन् । यस्तै, छात्रातर्फ प्रभात स्कुलले विजयी सुरुवात गरेको छ । धरान–१९ स्थित हरियाली सामुदायिक वनको बास्केटबल कोर्टमा सुरु भएको प्रतियोगितामा लोटसले आइडिएल स्कुललाई ३२–१४ अन्तरको अंकले हरायो । यस्तै, कार्मेलले होलिल्याण्डलाई ६६–१७ को फराकिलो अंकले हरायो भने विष्णुले जुनियर पायोनोरलाई १८–१२ अंकले हराएको प्रतियोगिताको संयोजक चिरञ्जवी गिरीले बताए ।

S6700010 copy

यस्तै, छात्रतर्फ प्रभातले विष्णुलाई ३६–२ को फराकिलो अंकले हराउदै विजयी सुरुवात गरेको छ । प्रतियोगितामा छात्रतर्फ ८ टिम र छात्रातर्फ ६ टिम सहभागी रहेको आयोजकले जनाएको छ । माघ ५ गतेसम्म चल्ने प्रयिोगिताको उद्घाटन धरान नगर खेलकुद विकास समितिका अध्यक्ष सुबास राईले गरेका थिए । कार्यक्रममा नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष तथा धरान बास्केलबल संघका अध्यक्ष सुरज लामा, १९ नम्बर वडाका वडाअध्यक्ष पूर्ण लिम्बू, सुनसरी जिल्ला बास्केटबल संघका अध्यक्ष नारायण सुबेदीलगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा प्रथम र दोस्रो हुने छात्र र छात्राको टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक गिरीले बताए । त्यसैगरी, प्रतियोगिताको उत्कृष्ठ खेलाडी र राइजिङ प्लेयरलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

S6700014 copy

S6700019 copy