ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स देनिकले “ल्याण्डफिल्ड बेवारिसे, फोहोर चारकोसे झाडिमा” शीर्षकको समाचारलाई पहिलो पृष्ठमा छापेको छ । इटहरी १० मा करोडौँको लागतमा निर्माण भएको ल्याण्डफिल्ड साइड बेवारिसे छ भने इटहरी नगरपालिकाले फोहोर चारकोसे झाडिमा मिल्काउदै आएको छ । कुहिने तथा नकुहिने फोहोर छुट्याउने र प्राङ्गरिक मलसमेत तयार गर्दै वैकल्पिक उर्जा उत्पादन कार्यसम् मगर्ने योजनाको साथ निर्माण भएको ल्याण्डफिल्ड साइड भने बेवारिसे अवस्थामा रहेको छ । इटहरी १० को सञ्जु उरावले निर्माणको काम अहिले लामो समयदेखि बन्द रहेको बताइन् । ‘खै’ पहिला–पहिला त छिट्टै काम हुन्छ मनेको थियो’ उनले भनिन । गत भदौमा उक्त साइडसम्म जाने बाटो कालोपत्रे भएपनि अहिलेसम्म अन्य काम अघि नबढेको उनले गुनासो गरिन् । स्थानीय राजु पोखरेलले पनि लामो समयदेखि ल्याण्डफिल्ड साइड बेवारिसे बनेको बताए । ‘फोहोर पनि आउदैँन, काम पनि केही छैन’ उनले भने । स्थानीय अगुवा भग्लु चौधरीले पनि कालोपत्रे सडक र ड्रेन निर्माणको कामसमेत प्रभावहिन भएको बताए ।

पूर्वेली नागरिक : आजको पूर्वेली नागरिकले पहिलो पृष्ठमा “प्रहरीमाथि गोली प्रहार” शीर्षकको समाचार लाई मुख्य समाचारको रुपमा छापेको छ । पूर्व–पश्चिम राजमार्ग छेउमै रहेको सप्तरी खडक नगरपालिका–८ स्थित विष्णुचौक जिल्लाकै व्यस्त र चर्चित चोकमध्येको एक हो । राजमार्ग छेउमै रहेका यस चोकसंग बोदेबसाइन नगरपालिका हुँदै भारत विहारको सुवर्णपट्ट्री नाकासमेत जोडिएको हुनाले यहाँ सामान्यतया १०÷११ बजे रातिसम्म सर्वसाधारनको चहलपहल हुने गर्दछन् । उक्त व्यस्त चोकमै बुधबार राति साढे ८ बजेतिर ड्युटीमै रहेको एक जना प्रहरी हवल्दारमाथि अज्ञात समूहले गोली प्रहार गरेका छन् । ढाडमा गोली लागेर गम्भीर घाइते भएका प्रहरी हवल्दार महेन्द्रप्रताप यादवको हाल काठमाण्डौँको महाराजगञ्जस्थित नेपाल प्रहरीको अस्पतालमा उपचार भईरहेको छ । सम्पतरीका प्रहरी प्रवक्ता डिएसपी भावेश रिमालका अनुसार विहिबार विहान यादवलाई थप उपचारका लागि काठमाण्डौँ पठाएको हो । हाल उनको स्वास्थ्य सामान्य हुदै गएको उनले बताए । यसैगरी आजकै पूर्वेली नागरिकमा “दुहवी–बजारमा समस्या” शीर्षकको समाचारलाई पनि छापेको छ । कोशी राजमार्गअन्तर्गत छ लेन सडक विस्तार गर्ने क्रममा इटहरीदेखि दक्षिणतर्फको सडक छेउकै टेंग्रा खोलासंगै दुहवी र इटहरी बजार क्षेत्र मुख्य समस्या बनेको छ । छ लेनको मापदण्डअनुसार सडक विस्तार गर्न टेंग्रा खोलाको पाँच किलोमिटरसंगै दुहवी र इटहरीमा बनेका भौतिक पूर्वाधार हटाउने नहटाउने टुंगो लाग्न नसक्दा मुख्य समस्या भएको हो ।भारत र तेश्रो मुलुकसंगको व्यापार सहजीकरणका लागि विराटनगरको रानीदेखि धरानसम्म ४९ किलोमिटर सडक विस्तार भइरहेको छ ।

उद्घोष : आजको उदघोष दैनिकमा “मस्तिकबाट निकालियो फलामको टुक्रा” शीर्षकको समाचार छापिएको छ । विराटनगर अस्पताल (विराट नर्सिङहोम)ले एक विरामीको मस्तिकसम्म पुगेको फलामको टुक्रा शल्यक्रिया गरी निकालेको छ । भारतको छत्तपुर सुपौलका २५ वर्षीय मोहम्मद साजिदको टाउकाको हड्डी छेडेर मस्तिकभित्र पसेको चार सेन्टीमीटर लम्बाइ र तीन सेन्टिमिटर चौडाइको फलामको टुक्रा शल्या्क्रिया गरी निकालेको हो । धानको थ्रेसर चलाउने क्रममा थ्रेसरको भित्री पंखाको टुक्रा साजिदको देब्रेपट्टि टाउकोबाट मष्तिकमा पुगेको थियो ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकले “वीपी प्रतिष्ठान विवादको बन्धक” शीर्षकको समाचार मुख्य समाचारको रुपमा छापेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रायः भैरहे साना कुराहरुमा पनि सर्वसाधारणबाट विवाद उत्पन्न भइरहन्छन् । प्रतिष्ठानको विकास र निर्माणको क्रममा पछिल्लो समय प्रतिष्ठानका पूर्व पदाधिकारी देखि हालका पदाधिकारीहरु माथि अनियमितताको आरोप लाग्दैँ आएको छ । आरोपका बारेमा छानविन गर्न अख्तियार आउँछ, फायल लैजान्छ तर छानविनको परिणाम सार्वजनिक भने हुन्न । सरकार परिवर्तन पिच्छे, स्वास्थ्य मन्त्री बद्लिदै पिच्छे प्रतिष्ठानको स्वास्थ्य सेवा र विकास निर्माणका काममा अनियमितताका चर्चा बढ्न थाल्छ । प्रतिष्ठानका कार्यकारिणी पदाधिकारी विच मतभेद सुरु हुन्छ । मन्त्री, प्रधानमन्त्री सम्म डेलिगेसन बन्छ तर, परिणाम कहिल्यै आउँदैन । यस्तो स्थितिले प्रतिष्ठानको प्रतिष्ठामा धक्का लागेकै छ, त्यसले त्यहाँ कार्यरत कर्मचारीको मनोबल समेत गिर्दै गएको छ । यसै कारण पनि कर्मचारीहरुले उनीहरुको सेवा, सुविधाको भविष्यका लागि गर्दै आएका आन्दोलन र माग पुरा हुन सकेका छैनन् ।