धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कर्मचारी कल्याण समाजले आफ्नो १६ बुँदे माग अविलम्ब पुरा गर्न प्रतिष्ठान व्यवस्थापन पक्षसँग आग्रह गरेको छ ।

समाजका अध्यक्ष सुजेन्द्र तामाङ र कार्यवाहक महासचिव जमुनादेवी भुर्तेलले संयुक्त विज्ञप्ती जारी गर्दै तत्काल सम्बोधन गरी कर्मचारीहरुलाई आन्दोलित हुने अवस्था सृर्जना नगर्न पनि आग्रह गरेका छन् । समाजले अघिल्लो बर्ष असोज ९ गते भएको २७ बुँदे सम्झौताको एक दुई वटाबाहेक अन्य कुनै पनि बुँदा पटक पटक ध्यानाकर्षण गराउदा पनि पुरा नभएको जनाएको छ । समाजले तलब, आकर्षण भत्ता, निर्वाह भत्ता, पोशाक भत्ता, रात्री भत्ता, जोखिम भत्तालगायत सम्बन्धमा पुनरावलोकन समितिले दिएको सुझाव कार्यान्वयन गर्नुपर्ने पहिलो बुँदामा माग गरेको छ । यस्तै, २ बर्ष सेवा अवधि पुरा गरेका ज्यालादारीहरुलाई करार गर्नुपर्ने, एक बर्ष करार सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई परफरमेन्स करार, करार र परफरमेन्स करारमा ४ बर्ष सेवा अवधि पुरा गरेका कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरेको छ ।

49898889_283876725629096_1810534847924404224_n copy

यस्तै, नर्सिङ प्राविधिक, पारामेडिकक्स प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुको सबै तहको आन्तरिक बढुवाको विज्ञापन गर्नुपर्ने, इर्मेजेन्सी ५० बेड, आइसियु ५० बेड, डाइलाइसिस २५ बेड र रेडियोलोजी सेवा विस्तार गर्नुका साथै ल्याब सुझाव समितिको सुझाव कार्यान्वयन गर्न पनि समाजले माग गरेको छ । यस्तै, निर्माण अवरुद्ध भएको ४ सय बेडको मातृशिशु उपचार केन्द्र, २ सय बेडको मुटू तथा २ सय बेडको क्यान्सर उपचार केन्द्रको निर्माण, उच्चप्रविधिको एमआरआईलगायत उपकरणहरुको खरीद प्रक्रिया अघि बढाउनुपर्ने माग गरेको छ । कर्मचारी नियुक्ती तथा आन्तरिक बढुवा सम्बन्धी मस्यौदा समितिलाई बुझाइएको सुझावहरु कार्यान्वयन गर्नुपर्ने, फोहोरमैला तथा सरसफाई र सुरक्षाको उचित प्रबन्ध मिलाउन र कर्मचारी कल्याण समाजको निर्वाचन गराउन पनि माग गरेको छ ।

50110035_2310470432310569_2115864008572534784_n copy