इनरुवाः सुनसरीको सदरमुकाम इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधीको लागि दुई बिभागिय टिम नेपाल पुलिस र त्रिभुवन आर्मीबीच आमने–सामने हुने भभएको छ । इनरुवा खेल मैदानमा जारी प्रतियोगितामा दुवै टिम अपराजित छन् ।

पहिलो सेमिफाइनलमा प्रदेश नम्वर ७ लाई पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको पुलिससँग दोस्रो सेमिफाइनमा बिजयी हुँदै त्रिभुवन आर्मी क्लबले उपाधी भिडन्त पक्का गरेको हो । दोस्रो सेमिफाइनलमा आज आर्मीले ६ विकेटको जित निकालेको छ । १ सय १० रनको झिनो लक्ष पछ्याएको आर्मीले १९ दशमलव २ ओभर खेल्दै ४ विकेटको क्षतिमा जित निकाल्यो ।

लो स्कोरिङ लक्ष पछ्याएको आर्मीको सुरुवात भने खराब रह्यो । ५ रनको स्कोरमा पहिलो ओभरको अन्तिम बलमा आफ्नो पहिलो विकेट गुमाएको आर्मीले तेस्रो ओभरमा दोस्रो विकेट गुमाउँदा पाँचौ ओभरको चौथो र सोही ओभरको अन्तिम बलमा गरी थप दुई विकेट गुमाएको थियो । २५ रनको स्कोरमा ४ महत्वपूर्ण खेलाडी गुमाएको आर्मीकालागि राजेश पुलामी र रोहित पौडेलले सम्हाल्दै टिमलाई फाइनलको यात्रा तय गराएका थिए ।

आर्मीलाई जित दिलाउन रोहित पौडेलले नट आउट ५८ रनको महत्वपूर्ण पारी खेले । अर्धशतकीय पारी खेलेका पाण्डेले ४४ बलको सामना गर्दै ७ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए । त्यसैगरी आर्मीका ब्याट्सम्यान राजेश पुलामीले नटआउट रहँदै २३ रन बनाए । प्रदेश नम्वर १ कालागि मनोज मण्डलले २ र पुष्प थापाले १ विकेट हात पारे ।

टस जितेर आर्मीले फिल्डिङ रोजेपछि पहिलो ब्याटिङमा उत्रिएको १ नम्वर प्रदेशले केवल १ सय ९ रनमात्र जोड्न सक्यो । आर्मीका बलरसामू प्रदेश १ का ब्याट्सम्यान क्रिजमा जम्न नसक्दा उसले २५ दशमलव ४ ओभरमा सबै विकेट गुमायो र १ सय ९ रनको स्कोरमा समेटियो । प्रदेश नम्वर १ कालागि रबी रोएले २२ र क्यापटेन पुष्प थापाले १९ रन बनाए । त्यसैगरी टिमकालागि मुकुन्द यादबले १७ रन जोड्दा मिनास थापा र श्रवण यादवले समान १२ रन जोड्नु बाहेक अन्यले दोहोरो रनको आंकडा छुन सकेनन् ।
प्रदेश १ लाई सस्तैमा समेट्न आर्मीका हरिबहादुर चौहानले ५ ओभर बलिङ गर्दै केवल ९ रन दिएर महत्वपूर्ण ४ विकेट चट्काए । बिक्रम सोब, जितेद्र मुखिया, सहाब आलम, कुशल मल्ल र रोहित पौडेलले एक–एक विकेट हात पारे । खेलको म्यान अफ द म्याच हरि चौहान