तेह्रथुम: तेह्रथुमको छथर गाउँपालिका–६ सुदापका ग्रामीण सडकमा स्थानीयको सक्रियतामा सडक बत्ती बलेको छ ।

रातको समयमा सडकमा सवारी साधन सञ्चालन तथा हिडडुलका लागि सहज बनाउन सडक जडान गरिएको नमुना बस्ती टोल बिकास समितिका अध्यक्ष महेन्द्र मादेनले बताए । टुक्रे, स्वास्थ्य चौकी र वडा कार्यालय क्षेत्रको करिब २ किलो मिटर सडकमा ३३ वटा सडक बत्ती बालिएको उनले बताए । टोल बिकास समितिका १२ घरले प्रतिघर ५ हजारको दरले ६० हजार रकम संकलन गरी सडक बत्ती बालेका हुन् । सडक बत्तीबाट तत्कालिन सुदाप गाबिसका वडा ४ र ५ का ७० घर लाभान्बीत बनेका छन् ।

स्थानीय युबाहरुको सकृयतामा ग्रामिण सडक अन्तर्गत सुदापमा पहिलो पटक बत्ती बालेको समितिका सचिव सन्तोष मादेनले बताए । गाउँमा रहेको सडकमा बत्ती बालेसँगै यहाँका स्थानीयहरुलाई रातको समयमा हिडडुल गर्नका साथै बिरामीलाई स्वास्थ्य केन्द्रसम्म पु¥याउन सहज भएको स्थानीयबासीले बताएका छन् । बस्तीलाई नमुनाको रुपमा बिकास गर्न यहाँका स्थानीय युबाहरु सकृय बन्दै आएका छन् । गाउँ–गाउँमा सडक सञ्जालहरु जोडिएसँगै सञ्चालन हुने सवारी साधानहरु रातको समयमा बत्ती नहुँदा जोखिमपुुर्ण रुपमा यात्रा गर्दै आएका थिए । सवारी चालकको जोखिम समेत न्युनिकरण हुने समितीले आशा लिएको जनाएको छ ।