झापा: झापा जिल्लाका मेचिनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिका समेटिने गरी प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना अन्तर्गत सुपारी जोन क्षेत्र घोषणा भई काम अगाडि वढेको छ ।

सुपारी उत्पादन हुने ३ वटै स्थानीय तहमा प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना अन्तर्गत सुपारी जोन कार्यक्रममा सुचिकृत भएका कृषि सहकारी, समुह तथा कृषि फर्म साथै कम्पनिहरुलाई लक्षित गरी ३ वटा क्षेत्रमा ३–३ दिन गरेर ९ दिवसिय सुपारी वाली खेती प्रविधि तालिम वुद्धशान्ति गाउँपालिकामा सम्पन्न भएको छ ।

पटक पटक गरेर ९ दिन सम्म सञ्चालन भएको तालिममा सुपारी जोन झापाका प्रमुख राजेन्द्र खरेल, सुपारी खेति विज्ञ ध्रुव प्रसाद रेग्मी, कृष्ण ढकाल, डिल्लिराम खतिवडा, सुपारी जोन सञ्चालक समितीका संयोजक केदारनाथ अधिकारी, नेपाल सुपारी खेति विकास संस्थाका महा सचिव निलकण्ठ तिवारी र कृषि ज्ञान केन्द्र झापाका कार्यक्रम अधिकृत सालिकराम भट्टराईले सहजिकरण गरेका थिए ।

प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना अन्तर्गत सुपारी जोनको रु ६ लाख वजेटमा सञ्चालित तालिममा मेचिनगर नगरपालिकाका २५, अर्जुनधारा नगरपालिकाका २५, वुघशान्ति गाउँपालिकाका २६ जना गरि ७६ जना सहभागिले तालिम लिएका छन । तालिममा सुपारी वालीको परिचय, महत्व, नर्षरी ब्यवस्थापन, अन्तरवाली, मल जल, बगौँचा ब्यवस्थापन, गोड मेल, रोग किरा ब्यवस्थापन आदि विषयमा तालिम दिएको सुपारी जोन झापाका प्रमुख राजेन्द्र खरेलले जानकारी दिए ।