धरान:जुनियर पायनियर पुर्व विद्यार्थी संगठनको आयोजनामा भइरहेको विद्यालय स्तरीय बास्केटवल खेलको दोस्रो दिन छात्रतर्फ डिपो स्कुल र छात्रातर्फ आइडल स्कुल विजयी भएको छ । जित संगै दुवै टिम सेमिफाइनल प्रवेश गरेको छ ।

खेलमा छात्र तर्फ डिपो स्कुलले चिल्ड्रेन एकेडेमिलाई ३६–२० र छात्रातर्फ आइडलले चिल्डे्रनलाई ९–६ अंकको अन्तरले पराजित गरेको हो । डिपो र चिल्डे्रन एकेडेमीले खेलको प्रत्येक क्वाटरमा ८–४, ६–५, ९–३ र १३–८, त्यस्तै गरी आइडल र चिल्डे्रन एकेडेमिले ३–२, ० –०, ४–२ र २–२ अंक जोडेका थिए ।

जिल्ला बास्केटवल संघ र धरान बास्केटवल संघको सहयोगमा आयोजित प्रतियोगितामा धरान भरिका छात्र ८ टिम र छात्रा ६ टिमले सहभागिता जनाएको छ । भोलीको खेल छात्रतर्फ कार्मेल र लोटस, डिपो र विष्णु, छात्रातर्फ प्रभात र पदम र डिपो र आइडल विच हुने प्रतियोगिताका संयोजक चिरन्जिवी गिरीले जनाए ।