इनरुवा : सुनसरीको कोशी गाउँपालीका तस्करकाे केन्द्र  बन्दै गएको छ ।

लाैकही तथा भण्टावारी नाकाकाे छुट्टाछुट्टै स्थानबाट सशस्त्र प्रहरीले ३ लाख भन्दा बढीको अवैध कपडा बरामद गरेका छन् । सशस्त्र प्रहरी बल लौकही बाट सशस्त्र प्रहरी निरीक्षक आनबहादुर गुरुङ नेतृत्वको प्रहरी टोलिले शुक्रबार भारतबाट भन्सार छलेर ल्याइएको २ लाख १३ सय मुल्य बराबरको कपडा बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरी निरीक्षक आनबहादुर गुरुङका अनुसार सशस्त्र प्रहरी बल नेपाल लौकहीले अवैध रुपमा भारतबाट भन्सार छलि ल्याइएको सो मुल्य बराबरको रेडीमेड कपडा, जुत्ता र किराना सामान बरामद गरी आवश्यक कार्वाहीको लागि मुल भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको छ ।

यसैगरी शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल हरिपुर भाण्टावारीले समेत १ लाख २१ हजार ५ सय मुल्य बराबरको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी नेतृत्वको प्रहरी टोलिले धरान बाट काठमाडौं तर्फ जादै गरेको ना ३ ख ८४४४ नम्बरको हाईस बाट कपडा बरामद गरेको हो । बरामद गरिएका २८ पिस ज्याकेट, २० पिस हुड र ५ पिस जिन्सको सर्ट फुल लगायतका समग्रीहरु आवश्यक कार्वाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज बुझाएको लौकही तथा भाण्टावारीले सशस्त्रले जनाएको छ ।