इटहरी : सामाजिक कार्य गर्ने गरी गठन लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीको पहिलो पदस्थापना एक कार्यक्रम विच सम्पन्न भएको छ ।

सुनसरीको इटहरीमा केही समय यता देखि सामाजिक कार्य गर्दै आएको स्मार्ट सिटीले एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा पदस्थापना गरिएको हो । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीको प्रमुख आतिथ्यतामा तथा लायन्स क्लव अफ इन्टरनेशनल डिस्ट्रीक नेपाल अनन्तप्रसाद भटेवाल लगायतको उपस्थीतीमा नव गठीत स्मार्ट सिटीका पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन ।

lions 1

केही समय अघि राजेन्द्र केशरी घिमीरेको अध्यक्षतामा लायन्स क्लव अफ स्मार्ट सिटी गठन भएको थियो । त्यसै गरी स्मार्ट सिटीको प्रमथ,द्धितिय र तृतिय उपाध्यक्षमा क्रमशः थानेश्वर ढकाल ,लक्ष्मी गौतम बराल , मुक्ती दाहाल रहेका छन भने महासचिवमा बेदनाथ भेटवाल सहसचिव दुर्गा थापा कोषाध्यक्ष अनिता कार्की सहित २५ सदस्य रहेकाहरु लाई पदस्थापन गराइयो । कार्यक्रममा स्मार्ट सिटीको मातृ संस्था लायन्स क्लव अफ इटहरी ग्रिन सिटीकी अध्यक्ष निर्मला चौधरी पौड्यलले नव गठित स्मार्ट सिटीले गर्दै आएको सामाजिक कार्यका विषयमा चर्चा गरेकी थिइन । कार्यक्रममा नेपाली काग्रेसका नगर सभापती हेमकर्ण पौडेल,उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेस विष्ट,नागरिक समाजका अध्यक्ष दिनेश रसाइली,वार्ड ९का वडा अध्यक्ष भुपेन्द्र बराल लगायतको सहभागिता रहेको थियो ।