इटहरी : प्रत्येक वर्ष झै हिसान सुनसरीको आयोजनामा हिसान स्पोर्ट्स सप्ताह २०७५ भोलीदेखी सुरु हुने जानकारी आज आयोजना गरिएको पत्रकार भेलामा गराइएको छ।

सातौं पटक आयोजना हुन लागेको खेलकुद सप्ताह माघ ६ गते देखि प्रारम्भ भइ १२ गते झ्याउरे भाकामा नृत्य प्रतियोगितासङ्गै समापन हुने जानकारी खेलकुद सयोजक भट्टराईले दिएका छन।
३३  शिक्षालय एवम् प्रत्यक्ष १ हजारभन्दा बढि विद्यार्थीहरू सहभागी हुने स्पोर्ट्स सप्ताहमा ६ विधामा खेल प्रतियोगिता सञ्चालन हुने भएको छ।
विद्यार्थीहरूको अन्तरमुखी प्रतिभालाई प्रस्फुटन गर्न , स्वच्छ प्रतिस्पर्धा कायम गरि शिक्षालयहरूबिचको मित्रता कायम गर्न हिसान खेल सप्ताह महत्त्वपूर्ण रहेको जानकारी अायोजकले दिएका छन्।
१० लाख व्ययमा सञ्चालन हुने हिसान स्पोर्ट्स सप्ताहको अन्तिम दिन समापन कार्यक्रममा गत वर्ष घोषित शिक्षा पत्रकारिता पुरस्कार तथा सम्मान अन्तर्गत सुनसरीमा क्रियाशिल सक्रिय पत्रकारहरूमध्येबाट एकजना पत्रकारलाई समेत पुरस्कृत गर्ने कार्यक्रम रहेको छ।