पथरी : पथरीशनिश्चरे मा भएको तेक्वान्दो प्रतियोगितामा सकुना तेक्वान्दो डोजाङ प्रथम भएको छ । 

नगर खेलकुद् विकास समिति पथरी शनिश्चरेले आयोजना गरेको मोरङ जुनियर जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता विभिन्न इभेण्टका स्वर्ण पदक जित्दै सुकुना प्रथम भएको हो ।
शनिबार स्थानिय भागीरथ माविको खैल मैदानमा भएको प्रतियोगितामा १० टिमले सहभागीता जनाएका थिए  । २०–२५ केजी, ३०–३५ केजी, ३५–४० केजी, र ४०–४५ केजी खेलाडी तौल समूहमा भएको प्रतियोगितामा पथरी, सुन्दरहरौचा, विराटनगर, बेलबारी र रंगेलीका खेलाडीहरुले स्पर्धा गरेका थिए । प्रतियोगिताको उत्कृष्ठ पुरुष खेलाडी प्रकाश लिम्बु र उत्कृष्ठ महिला खेलाडी कविता गिरी घोषित भएका छन् ।