हरिनगर : सुनसरीको दक्षिणवर्ती देवानगंज गाउँपालिका वडा नम्बर ५ साविकको साहेबगंज गाविसमा रहेको सशस्त्र प्रहरी बल नेपाल न. ४ गण बि .ओ. पि. को नवनिर्मित ब्यारेक तथा कार्यालय भवन समुदघाट्न शुक्रबार सम्पन्न भएको छ ।

समुदघाटन कार्यक्रम मा श्री पुर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय सुनसरी न. १ बाहिनीका बाहिनिपती डिआइजी मन्दिप श्रेष्ठ बाट उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । भवन निर्माणका लागि देवानगंज गाउँपालिका र बर्जु गाउँपालिकाको ९ लाखको संयुक्त आर्थिक सहयोगमा साहेबगंज सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण बि.ओ.पि.को ब्यारेक तथा कार्यालय भवन को निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल सुनसरीका डिएसपी निर्मल थापाले बताए ।

साहेबगंजमा रहेको सशस्त्र प्रहरी बल नेपाल न. ४ गण बि ओ पि को हाता भित्र जम्मा ७ कठ्ठा जग्गामा रहेको डिएसपी थापा ले जनाए । उद्घाटन कार्यक्रममा देवानगंज गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहता, बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चौधरी, स्थानीय समाजसेवी, बुद्धिजिवि, युवा, किसान वडा अध्यक्षहरु लगायत ७० जनाको उपस्थितरहेको साहेबगंज सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण बि ओ पि का स. प्र. नि. महेश दाहालले जानकारी दिए । नवनिर्मित ब्यारेक र कार्यालय भवनको समापन कार्यक्रम देवानगंज गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहता र बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चौधरीले गरेका थिए ।