मलेसियाको राजधानी क्वालालम्पुरको केपोङ्गको एक कम्पनीमा शनिबार राती नेपाली र म्यानमारका कामदारबीच विवाद हुँदा एक नेपालीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

झगडा छुट्याउन गएका ललितपुरका इन्द्र तामाङको मृत्यु भएको हो । नेपाली र म्यानमारका कामदारबीच झगडा भएपछि छुट्याउन खोज्दा म्यानमारका नागरिकको छुरा प्रहारबाट तामाङको मृत्यृ भएको हो ।

छुरा लागेर झापाका लालबहादुर लिम्बु घाइते भएको छ । उनलाई राती नै अस्पताल भर्ना गरिएको छ । छुरा प्रहार गर्ने म्यानमार नागरिक भने फरार छन् ।