इटहरी : उच्च माध्यमिक शिक्षा परिषद् हिसान सुनसरीले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको स्पोर्टस मिट आइतबार आजबाट सुरु भएको छ

आज भएको छात्र भलिबलमा कोशी सेन्ट जेम्स माविले ग्रीनपिस माविलाई सोझो सेटमा पराजित गरेको छ । यस्तै, अर्को खेलमा डिपोट मा.वि. नआएपछि पूर्वाञ्चल उच्च मावि धरानले वाकओभर पाएको छ । छात्रा भलिबलमा कोशी सेन्ट जेम्सले विश्व आदर्श माविलाई र समिट मावि धरानले नेशनल माविलाई सोझो सेटले पराजित गरेका छन् । क्रिकेटको उद्घाटन खेलमा कोशी सेन्ट जेम्सले सुष्मा गोदावारी माविलाई ३ विकेटले पराजित गरेको छ । दोस्रो खेलमा विश्व आदर्श माविले कस्तुरी माविलाई पराजित गरेको छ ।

विगत ७ वर्षदेखि निरन्तर आयोजना गरिँदै आएको स्पोर्टस मिटमा फुटबल, भलिबल, क्रिकेट, बास्केटबलका खेल समावेश गरिएको कार्यक्रम संयोजक एवम् हिसान सुनसरीका सदस्य सागर भट्टराईले जानकारी दिए ।