मोरङ  : मोरङको पथरीमा जारी ‘सहिद रत्नकुमार वान्तावा प्रथम राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता-२०७५’को उपाधिको लागि १३ खेलाडि शीर्ष स्थानमा बढेका छन् ।

प्रतियोगिताको दोस्रो दिन आज भएको तेस्रो राउण्डको खेल सकिदा १३ जना खेलाडि ३—३ अंकसहित शीर्ष स्थानमा रहेको मुख्य आरविटर (एम्पाएर) विजय थापाले बताए । खेल स्वीस लिग अनुसार नौ राउण्डमा सकिन्छ । तेस्रो राउण्डको खेल सकिदा सुर्सुत दाहाल, कृष्ण थापा, राजन सुवेदी, सुमन राई, उमेश राई, विश्वविजय घिमिरे, सुमन श्रेष्ठ, बद्रीलाल नेपाली, भुपेन्द्र निरौला, सुमन लामा, निराजन पुडासैनी, ज्वला लिम्बू, विवेक श्रेष्ठ उपाधीको दौडमा बढेका छन् । स्वीस लिग अनुसार खेल जित्नेको १ र बराबारी गर्नेको .५ अंक प्राप्त गर्दछन । १३५ जना प्रतिष्प्रर्धी रहेको खेलमा १३ जनाले अपराजित यात्रा तय गरेका हुन् । तीन अंक प्राप्त गर्ने मध्ये बद्रीलाल नेपाली र भुपेन्द्र निरौला पूर्व नेपाल च्याम्पियन हुन् ।

पूर्व नेपाल च्याम्पियन सुरवीर लामालाई सुश्रत दाहलाले पराजित गरेर २ अंकमा सीमित पारेका छन् । खेलको दोस्रो राउण्डमा लोकसागर लिम्बूसंग पूर्व च्याप्पियन नवीन तन्दुकारले बराबारी खेले । बुद्धिचालमा नेपालकै टप रेटिङ अंक(२०३८) भएका रिजेन्द्र राजभण्डारीलाई सुरज रायसँग पराजित भएपछि २ अंकमा सीमित रहेका छन् । आज (सोमबार) तीन राउण्ड खेलहुने खेल संयोजक अर्जुन जम्नेली राईले बताए ।
खेलमा पहिलो, दोस्रो, तेस्रो हुने खेलाडिलाई क्रमस नगद ५०, ४०, ३० हजार पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष अमिर राईले बताउनुभयो । खेलमा १५ औं स्थानसम्म हुने र अन्य विभिन्न टाइटल गरी ३९ जनालाई नगदसहित पुरस्कारको व्यवस्था गरिएको खेल आयोजक समितिले जनाएको छ ।