माली : अफ्रिकी मुलुक मालीमा संयुक्त राष्ट्रसंघको शान्ति सेनामाथि हमला गर्दा १० सैनिकको मृत्यु भएको छ ।

मालीको उत्तरी क्षेत्रमा आइतबार आतंकवादी हमला भएको हो । मारिएका शान्ति सैनिक अफ्रिकी मुलुक चाडका रहेको बताइएको छ । हमलामा अन्य २५ जना घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले उक्त हमलाको निन्दा गरेका छन् । उनले उक्त हमलालाई ‘युद्ध अपराध’ को संज्ञासमेत दिएका छन् ।
स्थानीयका अनुसार कार र मोटरसाइकलमा आएका हमलाकारीले शान्ति सेनाको क्याम्पमा हमला गरेका थिए ।

अलकायदासँग निक इस्लामिक समूहले उक्त हमला गरेको बताइएको छ । समाचार एजेन्सीहरुका अनुसार पछिल्लो समय चाडले इजरायलसँग बढाएको कुटनीतिक सम्बन्धको प्रतिक्रियास्वरुप उक्त हमला गरिएको इस्लामिक समूहका स्थानीय कमाण्डरले जनाएका छन् ।

–एजेन्सी