इटहरी : उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ हिसान सुनसरीको आयोजनामा जारी स्पोर्टस मिट अन्तरगत भलिबलका दोस्रो चरणका खेलहरु सम्पन्न भएका छन ।

इटहरी रंगशालामा भएको दोस्रो चरण अन्तरगत छात्र भलिबलको पहिलो खेलमा अल्पाइन स्कूलले बिश्वआदर्शकलेज लाई २–० को सोझो सेटले पराजित गरेको हो । त्यसै गरी दोसो्र खेलमा चामुण्डा उच्च माबिले नेशनल एकेडेमीलाइ २–१ को सेटले पराजित गरेको छ । अर्को खेलमा भिक्टोरी उच्च माबि नआएपछी कस्तुरी उच्च माबिले बाइ पाएर बिजयी भएको छ । छात्रा तर्फको खेलमा समिट उच्च माबि नआएपछी नेशनल उच्च माबि बाइ पाएर बिजयी बन्न पुग्यो भने अर्को खेलमा पुर्वाञ्चल उच्च माबिले युरेका स्कूललाइ २–० को सोझो सेटले पराजित गरेको छ । यस्तै कस्तुरी कलेजले सुष्मा उच्च माबिलाइ २–० को सोझो सेटमा पराजित गर्दा अन्तिम खेलमा नेशनल उच्च माबि भिक्टोरी उच्च माबि नआएपछी बाइ पायो ।

हिसान स्पोर्ट मिट अन्तरगत नै इटहरीको डिभिएम स्कूल परिषरको मैदानमा भएको क्रिकेट तर्फ पहिलो खेलमा बिश्वआदर्श कलेजले युरेका स्कूललाइ ५३ रनले पराजित गरेको छ । यस्तै दोसो्र खेलमा सीबि कलेजले डिपोट उच्च माबिलाइ ५ रनले पराजित गर्याे । माघ १२ सम्म चल्ले बिभिन्न प्रतियोगितामा सुनसरी जिल्लाका हिसानमा आबद्ध ३३ बिद्यालयले भाग लिएका छन ।