धरान : धरान–६ पानवारीमा जारी चौथो पानवारी भलिबल कप २०७५ को उद्घाटन खेलमा आयोजक सयपत्री बोइज युनियन क्लब विजयी भएको छ ।

सयपत्री बोइज युनियन क्लबले प्रत्येक वर्ष आयोजना गर्दै पुरुष तर्फको खुल्ला भलिबल प्रतियोगितामा १० टिम सहभागी छन् । सोमबार भएको उद्घाटन खेलमा सबुज गण इटहरीलाई सोझो सेटमा पराजित गर्दै आयोजक सेमिफाइनल प्रवेश गरेको छ । सबुज गण इटहरीलाई २५–१७, २५–२२ र २५–१८ को सोझो सेटमा आयोजकले पराजित गरेको हो । खेलको म्यान अफ द म्याच आयोजक टिमका स्पाइकर सञ्जय बुढाथोकी घोषित भए ।

panbari-valliball2

मंगलबार गत वर्षको विजेता एक नं. प्रदेश प्रहरी रानी र केराबारी गाँउपालिका बीच पहिलो खेल हुनेछ भने दोस्रो खेल पूर्व विजेता डुम्राहा खेल विकास समिति र झापा गाँउपालिका बीच हुने छ । त्यस्तै गरी मंगलबार नै फुङनाम स्पोर्टीङ क्लब इलाम र एफिएफ क्लब पकली बीच खेल हुने आयोजकले जनाएको छ ।

ty-sheet