पथरी : मोरङ र आसपासका जिल्लाबाट उद्धारका लागि ल्याइने बन्यजन्तु पंन्छी र सरसृपको उद्धार केन्द्रको रुपमा मोरङको बेलबारीमा रहेको बेतना सिमसारलाई चिनिदै आएको छ । हाल सम्म कयौँ यस्ता वन्यजन्तुको उद्धार र संरक्षण गरिरहेको समितिले अझै व्यवस्थीत रुपमा संरक्षण गर्दै उद्धार केन्द्र स्थापना गरि प्राकृतिक चिडियाखाना संन्चालन गर्ने योजना अघि सारेको छ ।betanai-animals

सामुदायिक बनले यसका लागि झापा मोरङ र सुनसरी क्षेत्रमा भेटिएका संरक्षण अभाब खेपेका बन्यजन्तु, पन्छी र सरसृप उद्धारकार्य गरिरहेको छ । सिमसार संरक्षण गरेर पर्यटन प्रबर्द्धन गरेको सामुदायिक बनमा बादर, निलगाइ, चित्तल, दुम्सी, अंजिगर, हुचिल र गिद्ध, कुसा लगाएतका जनावरको संरक्षण गरिरहेको बेतना सामुदायिक वनका अध्यक्ष डम्बर बस्नेतले बताए ।

दुर्घटनामा परेर घाइते बनेका देखि बाटो बिराएर गाउँ पसेका बन्यजन्तु देखि सरसृप सम्म संरक्षण गरेका छौँ । यसलार्इ उद्धारकेन्द्रका रुपमा अघि बडाउने भएका छौँ उनले भने । मोरङको बेलबारीमा रहेको बेतनामा अहिले तिनै संरक्षण र उद्धार गरिएका बन्यजन्तु हेर्नेको भिड पनि बढ्न थालेको छ । "बेतनाको आकर्षणको केन्द्र पनि बन्यजन्तु र पन्छी पर्न थालेका छन्" बस्नेतले भने ।

betana-123

वरपर भेटिएका अंजिगर देखि हुचिल सम्मलार्इ उद्धार गरेका छौँ । वनमा हुर्किने यस्ता वन्यजन्तु र पन्छिलाई बनमै छोड्दै आएका छौँ । प्राकृतिक सम्पदाको संरक्षणमा लागेको वनले प्राकृतिक चिडियाघरको स्थापना गरेर बन्य जन्तुको संरक्षण मा मोरङमा नँया काम थालेको बस्नेतले बताए ।

सिमसारको माथिलो क्षेत्र अर्थात खण्ड ग मा राखेर मानिसलाई अनुमति विना आवत जावत गर्न नदिने गरीको प्राकृतिक चिडियाखानाको योजना रहेको अध्यक्ष बस्नेतले बताए । सो चिडियाखानामा मानिसलाई हेर्न र घुम्नका लागि भनेर एउटा रुख देखि अर्को रुख हुदैँ घुमेर हेर्न मिल्नेगरीको झोलुङ्गेपुल निर्माण गरिने योजना समेत रहेको छ ।

betana वैज्ञानिक वनका नाममा जताततै भइरहेको वन कटानका कारण बासस्थान छोड्न बाध्य भएका जंगली जनावर र पशुपंक्षिलाई समेत यस क्षेत्रमा राम्रो बासस्थान तयार गर्न सकिने छ । अन्यन्त्र जान लागेका यस्ता जनावरको संरक्षणका लागि पनि प्राकृतिक चिडियाखानाको आवश्यक्ता रहेको बस्नेतले बताए ।