ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकले “फरार पक्रन प्रहरी सक्रिय” शीर्षकको समाचारलाई पहिलो पृष्ठमा छापेको छ । विराटनगर÷अदालतले गरेको फैसलालाई प्रभावकारी कार्यान्वयन गराउने उद्देश्यले सर्वोच्च अदालतले विशेष अभियान चलाएपछि मोरङ प्रहरीले अहिले फरार अभियुक्तहरु धमाधम पक्राउ गर्न थालेको छ । विभिन्न अपराध गरी लामो समयदेखि फरार रहेका अभियुक्तलाई विभिन्न स्थानबाट पक्राउ गरी प्रहरीले अदालतमा बुझाएको हो । जिल्ला प्रहरी कार्यालय मोरङले पुष महिनामा मात्रै ३ सय २६ जना फरार अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । पक्राउ गरेका फरार अभियुक्तहरु चोरी गर्नेदेखि कर्तव्य ज्यानसम्मका रहेका छन् । अपराध गरी लामो समयदेखि फरार रहेका अभियुक्तलाई विभिन्न स्थानबाट पक्राउ गरी प्रहरीले अदालतमा बुझाएको छ । सवोच्च अदालतले घोषणा गरेको फैसला कार्यान्वयन वर्षलाई परिणाममुखी बनाउन प्रहरीले अपरेसन शुरु गरेको थियो । मोरङ प्रहरीले जिल्ला अदालत तथा उच्च अदालतबाट फैसला भएको तर कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेकामध्ये पुषमा ३ सय २६ जनालाई पक्राउ गर्न सफल भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेक्ष्ठले जानकारी दिए ।
“अनुदानको बीउमा एकसय रुपैयाँ असुल” शीर्षकको समाचार पनि छापेको छ । उर्लाबारीका कृषकले अनुदान वापतको ३ सय २० रुपैयाँ मूल्य बराबरको मकैको बीउ लिन १ सय रुपैयाँ वडाकार्यालयलाई बुझाएपछि नगरपालिकाले छानविन गर्ने भएको छ । उर्लाबारी नगरपालिकाले वडा नं. ८ र ९ को लागि चालु आर्थिक वर्षमा प्रत्येक वडामा ३ लाख आर्थिक विकास कार्यक्रम शीर्षकमा विनियोजन गरेको थियो । वडा कार्यालयले विििनयोजन रकमसंगै ती वडाका २ हजार ५ सय ९० जना कृषकसंग उल्टै एक सय रुपैयाँ लिएर ३ सय २० रुपैयाँ मूल्य बराबरको एक केजी मकैको बीउ वितरण गरेको थियो ।

नगरिक पूर्वेली : आजको पहिलो पृष्ठमा नागरिक पूर्वेली दैनिकले “औषधी पसलबाटै लागुऔषध बिक्री” शीर्षकको समाचार छापेको छ । औषधी पसलमा प्रतिबन्धित लागुऔषध बिक्री हुने गरेको पाईएको छ । अनुगमनका क्रममा झापाको दमकको एउटा औषधी पसलबाट ठुलो परिमाणमा लागुऔषध फेला परेको हो । जुन नेपालमा विक्री वितरणका लागि अनुमति छैन । औषधि व्यवस्था विभागको अनुगमनका क्रममा दमकको स्काइ फर्मेसीबाट ट्रामाडोल नामक औषधि २९०० ट्यावलेट फेला परेको थियो । जुन अस्पतालभित्रको आषधि पसलमा चिकित्सकको सिफारिसमा मात्रै पाइन्छ । यस्तै नेपालमा बिक्रीको अनुमति नभएको डार्मिकमोसी नामक औषधिसमेत फेला पारिएको छ । औषधि व्यवस्था विभाग विराटनगर कार्यालयका फार्मेसी सुपरभाइजर दीपेन्द्र खड्काका अनुसार अर्को ऋषिका फार्मेसीले समेत न्यूनतम मापदण्ड पुरा गरेको छेन ।

उद्घोष : आजको उद्घोष दैनिकमा “उच्च अदालत सुनसान” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । गत विहिबार वेञ्चमा मुद्दा हेरिरहेका पाँच जना न्यायधिसका नाममा एकै पटक सरुवा पुर्जी आयो । पूर्व जानकारी विना फ्याक्स मार्फत आएको सरुवा पूर्जीले उच्च अदालत विराटनगर मात्र नभई नेपालको न्यायिक क्षेत्र नै तरङगित बनायो । मोरङको उर्लाबारीका सनम शाक्य हत्याको अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्विन्टल सुन तस्करी प्रकरणमा थुनामा रहेकाहरु मध्ये केहीलाई छाड्ने विवादित आदेश गरेको आरोपमा पाँच जना न्यायधिसको एकै पटक सरुवा भएपछि दैनिक पेसी सुचि पनि कम भएको छ भने न्यायलय पनि सुनसान छ । सोमबार उच्च अदालत विराटनगरमा भेटिएको एक कानुन व्यवसायीले भने ‘न्याय परिषदको निर्णयका विषयमा कोही बोलेका छैनन् ।’ उनी एकै पटकको काज सरुवाले न्यालय भित्रको विकृति छ भन्ने बाहिर ल्याएको बताउँछन् । सरुवाले न्याय क्षेत्रमा तरङ्ग पैदा गरेको ती कानुन व्यवसायीको भनाइ छ ।

पूर्वी बजार : आजको पूवी वजार दैनिकले पहिलो पृष्ठमा “सडक र पुलको बजेटमा डेढ प्रतिशत पनि भएको छैन खर्च” शीर्षकको समाचार छापिएको छ । इटहरी उपमहानगरपालिकाको बजेट खर्च अत्यन्तै न्यून देखिएको छ । चालु आर्थिक वर्ष २०७५÷७६ को ६ महिनाको अवधिमा इटहरीमा बाटो तथा पुलपुलेसा निर्माणमा डेढ प्रतिशत पनि खर्च भएको छैन । पुष महिनासम्मको खर्च विवरण अनुसार बाटो र पुल पुलेसाको लागि ३२ करोड ८६ लाख ३३ हजार ३ सय ४५ रुपैयाँ छुट्याइएकोमा ८३ लाख ८६ हजार ६ सय ५५ रुपैयाँ मात्र खर्च भएको देखिन्छ । आर्थिक वर्ष शुरु हुनुभन्दा अगाडि नै ल्याएको बजेट लक्ष्यअनुसार खर्च हुा सकेको छैन । उपमहानगरपालिकाको कुल विकास बजेट पुष महिनाको अन्त्य सम्ममा १६ दशमलव ५७ प्रतिशतमात्र खर्च भएको देखिन्छ । संघिय सरकारको जस्तै बजेट खर्च नहुने प्रवृति अहिले इटहरी सरकारमा पनि देखिएको छ ।