मोरङ : पथरीशनिश्चरे नगरपालिका मोरङमा जारी ‘सहिद रत्नकुमार वान्तावा प्रथम राष्ट्रिय खुल्ला फिडे रेटिङ वुद्धिचाल प्रतियोगिता - २०७५’ को छैठौ राउण्ड सकिदाँ सुमन राई र कृष्ण थापा ५.५ अंकसहित शीर्ष स्थानमा पुगेका छन् ।

प्रतियोगिताको तेस्रो दिन तीन राउण्ड खेल भएको थियो । छैठौ राउण्डमा राई र थापाले बराबरी खेलेपछि दुवैजना प्रतियोगिताको उपाधीको दौडमा लम्किएका हुन् । बुद्धिचालको पूर्व नेपाल च्याम्पियनहरु बद्री नेपाली ५, सुरवीर लामा ५, नवीन तन्तुकारले ४ अंक प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागि मध्ये सवैभन्दा बढी (२०३८) रेटिङ प्राप्त खेलाडि रिजेन्द्र राजभण्डारीले ५ अंक ल्याएर उपाधिको दौडमा रहेका छन् । उनले पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीसँग बराबर खेलेर ५ अंक प्राप्त गरेका हुन् ।

त्यसैगरी सुरवीर लामा, प्रकाश नेपाल, सुमन लामा, सुश्रुत दाहाल, आशिस फुयल, ज्वाला लिम्बू ५÷५ अंक ल्याएर पुरस्कारको दावेदारी पेस गरिरहेको प्रतियोगिताको चिफ आरविटर (रेफ्री) विजय थापाले बताए ।
स्वीस लिग अन्तरर्गत नौ राउण्डसम्म हुने खेलको आज दुई र भोली एक राउण्डपछि समापन हुने आयोजक फ्रेण्डसीप चेस क्लवका सहसचिव अर्जुन जम्नेली राईले बताए । प्रतियोगितामा देशभरबाट १३५ जना प्रतिष्प्रर्धी खेलिरहेका छन् ।
खेलमा पहिलो, दोस्रो, तेस्रो हुने खेलाडिलाई क्रमस नगद ५०, ४०, ३० हजार पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष अमिर राईले बताए । खेलमा १५ औं स्थानसम्म हुने र अन्य विभिन्न टाइटल गरी ३९ जनालाई नगदसहित पुरस्कारको व्यवस्था गरिएको खेल आयोजक समितिले जनाएको छ ।