झापा : विर्तामोड नगरपालिका वडा नं. ५ मा पर्ने कृषिथोक वजार पश्चिम पट्टिको अधुरो हिकोला रोड कालो पत्रे हुने भएको छ ।

संसदीय पुर्वाधार क्षेत्र विकास कोषको रु ५० लाख बजेटबाट अधुरो रहेको ५ सय मिटर बाटो कालोपत्रे हुने निश्चित भए सँगै सो क्षेत्रका नागरिकहरु वर्षौँ देखि खेप्दै आएको हिउदको धुलो र वर्षा यामको पानिको ढल बाट मुक्त हुने भएका छन । स्थानिय जन सहभागिता ४० प्रतिसत र राज्यको ५० लाख लाइ ६० प्रतिसत मानेर योजना सञ्चालन हुन लागेको हो ।
विर्तामोड नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा माघ ७ गते उपभोक्ता समिती गठन भए सँगै बाटो निर्माण हुने पक्का भएको छ । अधुरो हिकोला रोड अर्जुनधारा नगरपालिकामा पर्ने महानन्द चोकमा जोडिनका लागि अव ५ सय मिटर मात्र बकि सहेको बताउदै वडा अध्यक्ष लिङ्देनले अवको ४ वर्ष भित्रमा आफ्नो वडाका सम्पुर्ण वाटारु कालोपत्रे गरिसक्ने वताए ।

नाला सहितको बाटो उपभोक्ता मार्फत निर्माण गर्नका लागि स्थानिय विष्णु प्रसाद संग्रौलाको संयोजकत्वमा उपाध्यक्ष प्रकाश उप्रेती, सचिव राम प्रसाद मैनाली, सह सचिव राजन अधिकारी, कोषाध्यक्ष दुर्गा पौडेल लगायत ११ सदस्य निर्माण उपभोक्ता समित िगठन भएको छ । त्यसै गरी निर्माण हुन लागेको बाटोका लागि वडा अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको संयोजकत्वमा वडा सदस्य तथा विकास समिती संयोजक लक्ष्मि प्रसाद बास्कोटा, ढाँचाराज कडरिया, हर्कमायाँ विक, भागिरथा आचार्य लगायतको अनुगमन समिती समेत चयन भएको छ ।