इनरुवा : सुनसरीको सदरमुकाम इनरुवामा सानिमा लाईफ इन्स्योरेन्सले शाखा कार्यालयले विस्तार गरेको छ ।
सानिमा लाईफ इन्स्योरेन्स लि. ले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि र सर्वसाधारणमा विमा चेतना जगाई नेपालीहरुलाई जीवन विमाको दायरामा ल्याउने उद्देश्यले इनरुवामा शाखा कार्यालयको विस्तार गरेको हो ।

देशभरी शाखा सञ्जाल विस्तार गरी सर्वसाधारणमा विमाको जनचेतना जगाउने उद्देश्यले विस्तार गरिएको शाखा कार्यालयको उद्घाटन कार्यक्रमका प्रमुख अथिति इनरुवा नगरपालिकाका मेयर राजन मेहता, विशेष अथिति कम्पनीको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना, मुख्य प्रबन्धक गणेश चौलागाइ, प्रदेश नम्बर १ का प्रमुख उधब चौधरी, अथितिहरु वडाअध्यक्ष आलम अन्सारी, वडा अध्यक्ष रामचन्द्र पौदार, इनरुवा शाखा प्रमुख मनोज साह लगायत स्थानिय भद्र भलादमीहर समेतको उपस्थिति रहेको थियो ।

सुनसरी जिल्लाको इनरुवामा रिवन काटेर शाखा कार्यालयको उद्घाटन सम्पन्न भएको हो । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको हो । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको प्रवद्र्धन सानिमा बैङ्क तथा राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय स्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपालीहरुद्वारा गरिएको छ ।

उनीहरुबाट जलविद्युत, वित्तिय क्षेत्र, बैकिङ्ग तथा पर्यटन क्षेत्र (होटल)मा लगानी भएको छ । सानिमा बैंकको अत्याधिक लगानी रहेको यस कम्पनीले नेपालीहरको जीवन विमा गराई सामाजिक सुरक्षा प्रर्दान गर्दै, जनतामा वचत गर्ने बानीको विकास गर्नुको साथै उद्योग, व्यवसाय रोजगारीको लागि विभिन्न मुलुकमा रहेका उद्यमी, पेशाकर्मी तथा वैदेशिक रोजगारमा लागेका व्यक्तिहरलाई समेत जीवन वीमाको दायरामा ल्याइ बचत तथा सामाजिक सुरक्षा प्रदान गर्ने गरेको सञ्चालकले बताएका छन् ।

सञ्चालकका अनुसार, दूरदराजमा छरिएर रहेको रकमलाई बीमा शुल्कको रुपमा संकलन गरी नियमनकारी निकायको लगानी निर्दे्शिका बमोजिम अत्याधिक प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गरी प्राप्त रकम देश विकासको महान कार्यमा लगानी गर्ने यस कम्पनीको मुख्य उद्देश्य रहेको छ । यस कम्पनीले शाखा संजाल विस्तार गर्ने कार्य लाई निरन्तरता दिइरहने बताए ।