इनरुवाः सुनसरीको हरिनगर गाउँपालिकास्थित घुस्की वडा नम्बर ६ अरनमा टोलमा आज बिहान ४ बजेतिर दशगजा क्षेत्रबाट सशस्त्र प्रहरी बल घुस्कीले भारतबाट ल्याउदै गरेको १ सय ८० वटा कुखुरासहित ४ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।


बिओपि सशस्त्र प्रहरी बल घुस्कीबाट सशस्त्र प्रहरी निरीक्षक बिजय कुमार चौधरी नेतृत्वको टोलीले मंगलबार बिहान ४ बजेको समयमा भारतबाट अबैध रुपमा ल्याइएको १ लाख मुल्य बराबरको १ सय ८० कुखुरा सहित ४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो । पछिल्लो समय तस्करीको केन्द्र बिन्दु बनेको लौकही तथा भण्टावारी नाकामा प्रहरीले कडाई गरेपछि तस्करहरुले सो नाका छोडी घुरणा र घुस्की नाका प्रयोगमा ल्याएको सशस्त्र प्रहरी घुस्कीको अनुमान छ ।

received_552145525264694

सशस्त्र प्रहरीले भारतको घुरणाबाट अवैध रुपमा ल्याएको कुखुरा नियन्त्रणमा लिएर क्वारेण्टाइन अधिकृत डाक्टर अनित घिमिरे, स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिबी संचारकर्मीको रोहबरमा नष्ट गरको सशस्त्र प्रहरी निरीक्षक घुस्कीका बिजय कुमार चौधरीले जानकारी दिए । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ४ वटै मोटरसाईकल आवश्यक कार्वाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज बुझाएको छ ।