इटहरी  : तरहरा सपिङ सेन्टरले ‘जति धेरै खरीद, उति आकर्षक पुरस्कार’ अन्तर्गत ल्याएको योजना मंगलबार तरहरामा सार्वजनिक गरिएको छ । 

एक बर्ष भित्रमा दश हजार भन्दा बढीको सामान खरीद गर्ने ग्राहक मध्येबाट लक्की ड्र गरि भाग्य चिट्ठा गरिएको थियो । उक्त लक्की ड्र गर्दा तरहराका बम बहादुर तामाङले बम्पर उपहारबापत फ्रिज हात पारे । अन्य दश हजार बढी खरीद गर्ने ग्राहकलाई विभिन्न आकर्षक पुरस्कार वितरण गरिएको सपिङ सेन्टरका सञ्चालक कृपाश्वर गुरुङले बताए । एक हजार भन्दा बढी ग्राहकलाई सात लाख भन्दा बढीको उपहार वितरण गरिएको सञ्चालक दिलराज गिरीले जानकारी दिए । 

कार्यक्रमका प्रमुख अतिथि इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले ग्राहकलाई हौसलाका लागि र व्यापार प्रबर्धनका लागि योजना ल्याउनु सुखद् भएपनि अन्य पसलहरु भन्दा बढी मूल्यमा नभई एकरुपताले व्यापार गर्नुपर्ने बताए । ‘वडा नं. २० मा कसैले पर्ने भन्दा निकै महंगो मात्रामा व्यापार गरेको छ भने हामीलाई भन्नुहोस्,’ उनले भने, ‘तथापी अहिलेसम्म त्यस्तो कतै भेटिएको छैन, भेटिएमा हामी खबरदारी गर्नेछौँ ।’ कार्यक्रममा लायन्स क्लब तरहराका अध्यक्ष पोषराज नेपाल, जनसहयोग मावि व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर बस्नेत, महिला शशक्तिकरण सुनसरीकी अध्यक्ष बिना शर्मा लगायतले शुभकामना मंतब्य राखेका थिए । 

संस्थाको स्थापना भएको १४ बर्षको अवसर पारेर उक्त पुरस्कार वितरण गरिएको सञ्चालिका धर्मा गिरीले बताईन् । सोही कार्यक्रमको अवसर पारेर रामधुनी ७ मा रहेको तेह्र बालबालिका स्मृति विद्यालयलाई दश दर्जन कापी सहयोग गरेको कार्यक्रमका सभाध्यक्ष राम बहादुर गिरीले बताए । उनका अनुसार आगामी बर्षका लागि पनि योजना ल्याइएको छ ।