धरान : पानवारी भलिबल कपमा एपिएफ र पुलिसले विजयी भएका छन् ।

एक नं. प्रदेश प्रहरी रानीले केराबारी गाँउपालिकालाई सोझो सेटमा पराजि गर्दै सेमिफाइनल प्रवेश गरेको छ । प्रहरीले केराबारी गाँउपालिकालाई २५–१३, २५–१६ र २५–२२ को सोझो सेटले पराजित गरेको हो । खेलको म्यान अफ द म्याच केराबारीका सूर्य भण्डारी घोषित भएका थिए । म्यान अफ द म्याच सूर्य भण्डारीलाई नगद पुरस्कार ३ हजार प्रदान गरिएको थियो । त्यस्तै दोस्रो खेलमा एपिएफ पकलीले फुङनाम स्पोर्टीङ क्लब इलामलाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो र दोस्रो सेट एपिएफल २५–२२ र २५–२३ ले जितेको एपिएफ तेस्रो सेटमा १८–२५ ले हारेको थियो । चौथो सेटमा २५–२३ को सेटमा इलामलाई पराजि गर्दै एपिएफ क्वाटर फाइनल प्रवेश गरेको हो ।

एपिएफले बुधबार फाइलन प्रवेशका लागी आमचोक गाँउपालिकासँग प्रतिष्पर्धा गर्नेछ । खेलको म्यान अफ द म्याच इलामका कपिल बस्नेत घोषित भएका थिए । उनलाई पनि नगद रु ३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । बुधबार आमचोक गाँउपालिका भोजपुर र शसस्त्र प्रहरी बल पकलीबीच खेल हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद रु ७५ हजार र ३० तोला चाँदीको रनिङ ट्रफि पुरस्कार पाउने छ भने उपविजेताले नगद रु ४१ हजार सहित ट्रफि प्राप्त गर्नेछ ।

khel-tiesheet