धरान : हिसान स्पोर्टस मिट अन्तर्गत बास्केटबल च्याम्पियनसिपमा सियोन स्कुल र एम्स एकेडेमि फाइनलमा भिड्ने भएका छन् ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा सियोनले डिपो स्कुललाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
त्यस्तै गरी दोस्रो सेमिफाइनलमा एम्स एकेडेमिले धरान आदर्श स्कुललाई पराजित गर्दै फाइनल पुगेको हो । खेलमा सियोन स्कुलले डिपो स्कुललाई ३३–२१ र एम्सले धरान आदर्शलाई ३१–२७ अंकको अन्तरले पराजित गरेका थिए ।

पहिलो खेलमा सियोन स्कुलका सन्तोष तामाङले १३ अंक र दोस्रो खेलमा म्यान अफ द म्याच उपाधि विजेता धरान आदर्शका सन्तोष श्रेष्ठले १४ व्यक्तिगत अंक जोडेका थिए । पहिलो खेलको म्यान अफ द म्याच सियोन स्कुलका शिशिर राई घोषित भए । बुधबार फाइनल खेल धरान १८ स्थित डिपो स्कुलको बास्केटबल कोर्टमा विहान ८ बजे हुनेछ ।