धरान : हिसान स्पोर्टस् मिट २०७५ अन्तर्गत मंगलबार भएको फुटबल खेलबाट विश्व आदर्श र डिपो स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् ।
विश्व आदर्श स्कुलले भिक्टोरी रेसिडेन्सियल स्कुललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । त्यस्तै डिपो स्कुलले धरान उच्चलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । मंगलबार भएको खेल जित्दै महेन्द्र मोरङ स्कुल र ग्रिनपिस स्कुल क्वाटर फाइनल प्रवेश गरेका छन् । महेन्द्र मोरङले पूर्वाञ्चल एकेडेमीलाई पराजि गरेको हो भने ग्रिनपिसले लर्डबुद्ध एकेडेमीलाई पराजित गरेको हो ।
हिसान स्पोर्टस् मिट २०७५ आइतबारबाट सुरु भएको छ अहिले फुटबल, क्रिकेट, बास्केटबल, भलिबलका खेल चलिरहेको छ । यही ६ गते सुरु भएको हिसान स्पोर्टस् मिट १२ गते समापन हुनेछ भने स्पोर्टस् मिटमा ३३ शिक्षालयका हजार बढि खेलाडी र ६ हजार बढी विद्यार्थीको सहभागीता रहेको छ ।