इनरुवा : सुनसरी,मोरङ सिचाइ आयोजनाको करिडोरको बाटो पिच तथा ग्राभेल नगर्दा हिउँदमा धुलो तथा वर्षामा हिलो हुने गरेको छ । त्यहिबाटो भएर दिनँहु सयौं गाडी गुड्ने भएकोले धुलो तथा हिलोका कारण सडक छेउमा रहेको स्थानीयबासीको जनजिवन प्रभावित भएका छन् ।

सडक निर्माणमा सरोकारवाला निकायले चासो नदिदा सबारी चालक देखि बिद्यार्थी, र स्थानीयबासी हिडडुलमा समस्या भएको छ । रामधुनी ३, की बिमला परिवारले सडकको धुलोले निकै सास्ती दिएको गुनासो गर्छिन् । विहान सफा लुगा लगाएर स्कुल पठायो बेलुका घर फर्किदा चिन्नै नसक्ने भएर फर्किन्छ । सधैं यस्तै समस्या खेप्दैँ आएको उनले बताईन् ।

रामधुनि ३ का स्थानीयवासी राजन थापाको पनि उस्तै गुनासो छ, “हामीलाई हिँड्नै गाह्रो भयो, धुलोले रोगी बनायो ।” स्थानीय जनता मा. विमा पढ्ने बिद्यार्थीहरु भन्छ्न स् बाटोले बाटोको धुलो र हिलोले प्रत्यक्ष रुपमा तथा अप्रत्यक्ष रुपमा दुबै प्रकारले असर परेको र विद्यालय पुगेपछि घर जान र घर गएपछि बिद्यालय जान मन नलाग्ने बताउँछन ।

रामधुनि नगरपालिका वडा न ३ का वडा अध्यक्ष राजकुमार चौंधरी भन्छ्न समस्या आफुले देख्दै भोग्दै आएको भएपनि नगरपालिका तहबाट मात्रै समस्या समाधान हुनसक्ने भन्दै आफुले पहल गरिरहेको बताउँछन् ।