पथरी : मोरङको उर्लाबारी २ सुन्झोडा मा रहेको लाम्पाते सिमसार क्षेत्रको विकासका लागि वडा कार्यालयले पहल थालेको छ ।

पर्यटन विकासका लागि लाम्पतेको संरक्षण र भौतिक निर्माण थालिएको हो । बनभोज खान र सिमसार हेर्न आउने लाई लक्षित गरेर टहरा निर्माण गरिएको बडा अध्यक्ष राजन कुमार कडेल ले बताए । सुन्झोडा मा रहेको लाम्पाते सिमसार को संरक्षण गरेर पानी को श्रोत मा बचाउने नभइ आन्तरिक पर्यटक को आकर्षण को केन्द्र बनाउने पहल थालेका छौँ कडेलले भने ।

सिमसार भित्रको झाडी हटाउने, सोलर बत्ती लगाउने देखि पिकनिक स्पोर्ट बनाउने सम्मका लागि वडाले बजेट छुट्याएको छ । यो वडामा मात्रै ३ सिमसार क्षेत्र रहेको छ । बेतेनी, सुन्झोडा र लाम्पाते सिमसार वडामा भएको कडेल बताउँछ्न । धिमालहरुको महाराज थान समेत रहेको वडालाइ पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न नगरपालीका मार्फत पहल थालिएको छ ।
स्थानियबासीको संम्लग्नतामा सिमसारको संरक्षण थालिएको हो । सिमसार बिचमा रहेको झाडी हटाउने कार्य थालेका छौ ,वरपर हिडन सहज होस भनेर बाटो निर्माण थालेका हौ झकडेलले भने अबको केही बर्षमा यो क्षेत्र मा समेत पर्यटकको घुँइचो हुन्छ ।
पथरी बजार बाट ३ किलोमिटर उत्तरमा पर्ने लाम्पाते सिमसार सुन्झोडा खोला किनार नजिकै रहेको छ ।

शान्त वातावरण मन पराउनेका लागि लाम्पते सिमसार आकर्षक को केन्द्र बन्न सक्छ ।