धरान: सानिमा बैंक लिमिटेडले इलाका प्रहरी कार्यालय धरानलाई ४८ इञ्चको टेलिभिजन प्रदान गरेको छ । बैंकका १ नं प्रदेश प्रमुख टंकमणी वरालको प्रमुख आतिथ्यमा एक थान टेलिभिजन प्रदान गरिएको हो ।

वरालले इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी सुमन कुमार तिम्सिनालाई प्रदान गरेका थिए । हस्तान्तरण कार्यक्रममा समुदाय प्रहरी साझेदारी जिल्ला समिती सुनसरीको आयोजनामा भएको थियो । प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउने उद्देश्यले बैंकले उक्त टेलिभिजन प्रदान गरेको जनाएको छ ।