धरान : चौथो पानवारी भलिबल कपमा बुधबारको खेल जित्दै धरान भलिबल क्लब र आमचोक गाँउपालिका भोजपुर सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार भएको पहिलो खेलमा धरानले एमएमसी झापालाई ३–० को सेटमा पराजित ग¥यो । धरानले पहिलो सेट २७–२५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१८ ले जितेको थियो । खेलको म्यान अफ द म्याच एमएमसी झापाका डगेन्द्र राजा घोषित भएका थिए । उनलाई नगद रु ३ हजार रुपैया प्रदान गरिएको थियो । त्यस्तै बुधबार भएको दोस्रो खेलमा एपिएफ पकलीलाई ३–० को सेटमा पराजित गर्दै आमचोक गाँउपालिका भोजपुर सेमिफाइनल प्रवेश गरेको छ । आमचोकले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२२ ले जितेको थियो । खेलको म्यान अफ द म्याच एपिएफका प्रेम हमाल घोषित भएका थिए । म्यान अफ द म्याच हमललाई नगद रु ३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको विजेताले ३० तोला चाँदीको रनिङ ट्रफि र ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ४१ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले बताएको छ । बिहीबार धरान भलिबल क्लब र आयोजक सयपत्री बोइज युनियन क्लबबीच पहिलो सेमिफाइनल विहान ११ बजे हुनेछ भने दोस्रो सेमिफाइनल आमचोक गाँउपालिका भोजपुर र एक नं. प्रदेश प्रहरी कार्यालय रानीका बीच दिउँसो १ बजे हुने आयोजकले जानकारी दिएको छ ।

khel-tiesheet 1