झापा : बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ देखि २३ गत्तेसम्म हुने अन्तर्राष्ट्रिय स्तरको महोत्सवको तयारी पुरा भएको छ । महोत्सव प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने जनाइएको छ । उद्घाटन कार्यक्रममा हेलिकप्टर मार्फत पुष्पवृष्टी गरिनेछ .।

नेपाल लगायत छिमेकी देशका लगानीकर्ता, उत्पादक तथा वितरक र निर्यातकर्तालाई एउटै मञ्चमा भेला गराउने उद्देश्यका साथ संघले महोत्सव आयोजना गरेको वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए .। मेलामा स्वागतका लागि झापाका विभिन्न स्थानमा १५ वटा स्वागतद्धार निर्माण गरिएको छ ।. सात वटा उद्योग वाणिजय संघ आफैंले निर्माण गर्ने र अन्य स्वागतद्धार भने विभिन्न संघ संस्थाले निर्माण गरिदिने अध्यक्ष भट्टराईले जानकारी दिए । महोत्सव आयोजक समितिका संयोजक एवम् बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले महोत्सवमा काठमाडौँ, बंगलादेश, पाकिस्तान र भारतबाट स्टल रहने जानकारी गराए । महोत्सवमा भारतबाट किचन र फर्निचरका सामग्री, पाकिस्तानबाट छाला र साडी, बंगलादेशबाट गार्मेन्ट कपडाहरुका स्टल रहने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ .। उनका अनुसार मेलाबाट नाफा भएको रकमले वाणिज्य संघको भवन मर्मत तथा रङरोगन गरिने जनाइएको छ । पार्किङको ब्यवस्थापनका लागि पूर्वेली क्लबलाई जिम्मा दिइएको र शुल्कको निगरानी वाणिज्य संघले गर्ने जनाइएको छ .।

मेलामा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहनेछ । जुम्लाको मार्सी चामलदेखि पाकिस्तानको लेदर प्रोजेक्टसम्मका उत्पादन मेलामा पाइने मेला आयोजक समितिका सचिब सञ्जिव घिमिरेले बताए । १ करोड ५ लाख रुपैयाँको लागतमा मेला सम्पन्न हुने उनको भनाइ छ । मेलामा २ लाख मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । बिर्तामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्कीका अनुसार मेलामा २ सय भन्दा बढी स्टल राखिनेछन् । महोत्सवमा मुलुकका चर्चित कलाकारहरु तथा विभिन्न व्याण्डको दैनिक सांगीतिक प्रस्तुति रहनेछ .। महोत्सव सफल बनाउन मूल समिति तथा विभिन्न १० वटा उपसमिति बनाइएको छ । महोत्सव स्थलमा सीसी टिभीबाट २४ घण्टा सुरक्षाको व्यवस्था मिलाइएको संघले जनाएको छ । मेलाको मुख्य प्रायोजन रमपम चाउचाउले गरेको छ ।

महोत्सवमा हेलिकप्टरबाट बिर्तामोड, झापा जिल्ला तथा ताप्लेजुङ स्थित पाथिभरा मन्दिरको दर्शनका लागि सेवा दिइने जनाइएको छ । जसमा बिर्तामोडका लागि ५ हजार, झापाभर १० हजार र ताप्लेजुङका लागि ३० हजार प्रतिब्यक्ति सेवा शुल्क लाग्ने अध्यक्ष भट्टराईले जानकारी दिए .।

mohotsab