मोरङ : फ्रेण्डसीप चेस क्लवद्वारा आयोजित मोरङको पथरीशनिश्चरे नगरपालिकामा भएको ‘सहिद रत्नकुमार बान्तावा प्रथम राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता-२०७५’ को उपाधि झापाका सुश्रुत दाहालले हाता पारेका छन् ।

बुधबार भएको फाइनल राउण्डमा क्यान्डिडेट मास्टर (सी.एम.) कृष्ण थापासँग बराबरी खेल्दै प्रतियोगिताको उपाधि हाता पारेको हो । दाहालले ७.५ अंक ल्याएका थिए । उपाधि विजयसँगै दाहालले आफूलाई बुद्धिचालमा युवा खेलाडिको रुपमा प्रस्तुत गरेका छन् ।
त्यसैगरी ७.५ अंक ल्याएर दमक झापाकै प्रकाश नेपाल दोस्रो भएका छन् । प्रोगेशिप पइन्टको आधारमा नजिता प्रकाशन गरिएको हो । फाइनल राउण्डमा नेपालले फिडे मास्टर (एफ.एम.) रिजेन्द्रराज भण्डारीलाई हराएका थिए । कृष्ण थापा ७ अंक ल्याएर तेस्रो पुस्कार जितेका छन् ।बद्रीलाल नेपाली, सुमन लामा, सुरवीर लामा, राजेन्द्र राईले समान ७ अंक ल्याएर प्रोगेसिप पइन्टको आधारमा क्रमस चौथो, पाँचौ, छैठौ र सातौ पुरस्कार जितेका छन् ।

chesss

सुमन राई, भुपेन्द्र निरौला, राजन सुवेदी, राजन पुरी, ज्वाला इम्बुङ लिम्बू, विवेक श्रेष्ठ, आशिस फूयल र नवीन तण्डुकर क्रमस १५ औं स्थानका पुरस्कार प्राप्न गरेका छन् । बद्रीलाल नेपाली, सुरवीर लामा, भुपेन्द्र निरौला र नवीन तण्डुकार बुद्धिचालका पूर्व नेपाल च्याम्पियन हुन । पूर्व च्याम्पिएन चारैजना १५ स्थान भित्र पर्न सफल भएपनि प्रतियोगितामा सहभागि हुन आएका मध्ये टप (२०३८) रेटिङ भएका फिडे मास्टर (एफ.एम.) रिजेन्द्र राजभण्डारी भने खाली हात फर्किएका छन् ।
प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रोहुने खेलाडिलाई जनही ५०, ४०, ३० नगद, ट्रफी र प्रमानपत्र प्रदान गरिएको थियो । सातौदेखि १५ औं हुने खेलाडिलाई १३ देखि सात हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा सुमन श्रेष्ठ र विजयविश्व घिमिरे १ नम्बर प्रदेशको प्रथम र दोस्रो घोषणा भए । त्यसैगरी सुरज राय मोरङ च्याम्पियन, विजेक बज्रचार्य र अनिस तामाङ पथरीशनिश्चरे नगरको प्रथम र दोस्रो भएका छन् ।
श्याम लिम्बू अन रेटेड च्याम्पियन भएका छन् । रेटिङ १७ सय मुनी उमेश शाहा, राजन पहाडी, १५ सय मुनी बिबेक पोदार र लोकसागर साम्बा पुरस्कृत भए । फरक क्षमता (अपाङ्गता)का खेलाडिमा लक्ष्मीप्रकाश कन्दङ्वा र सुनिता थापा तथा भ्याटन महिलामा राधिका लिम्बू, पुरुषमा रामश्रोत शाह नगदसहित पुरस्कृत भएका छन् ।
प्रियकुमारी शाहा प्रतियोगिताको अनुशासित खेलाडिबाट पुरस्कृत भएका छन् । त्यसैगरी १२ कक्षा मुनि अध्ययनरत विद्यार्थीतर्फ पुरुषमा एककुमारी कार्की र सुजना लोहनीले पुरस्कार जितेका छन् ।

उमेरको हिसावले १२, १४ र १६ बर्ष मुनिका खेलाडिहरु क्रमस सुजन थापा, प्रज्वल बस्नेत र मिशन दाहालले पनि नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् । देशभरबाट १३५ खेलाडि सहभागि प्रतियोगितामा ३९ जनालाई तीन लाख ४० हजार नगद पुरस्कार प्रदान गरिएको आयोजक फ्रेण्डसीप चेस क्लवका कार्यक्रम संयोजक अर्जुन जम्नेली राईले बताए ।
कार्यक्रमको उद्घाटन माघ ५ गते प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए भने समापन ९(आज) गते कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईको हातबाट वितरण गरिएको थियो । कार्यक्रममा संविधान सभाका सदस्य चण्डीप्रसाद राई लगायतको उपस्थिति रहेको थियो ।