ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकले पहिलो पृष्ठमा “इजाजतबिनै एलेन कलेज सञ्चालन” सुनसरी सदरमुकाम इनरुवामा सञ्चालनमा रहेको एलेन कलेज अफ इन्जिनियरीङ प्रा.लि. सिटिइभिटीबाट सम्बन्धन नलिई आफुखुशी सञ्चालन गरिएको पाइएको छ । प्राििवधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिभिटी पूर्व क्षेत्र क्षेत्रीय कार्यालय इटहरीले एलेन कलेज अफ इन्जिनियरिङ प्रा.लि आफ्नो मातहतमा नरहेको स्पष्ट पार्दैँ गैरकानुनी रुपमा सञ्चालनमा रहेको उक्त कलेजउपर आवश्यक कारबाहिको माग सहितको पत्र सुनसरी प्रशासनलाई पठाएपछि एलेनका सञ्चालकहरुको मनोमानी सार्वजनिक हो । सिटिइभिटीद्धारा कारवाहीको मागसहित जिल्ला प्रशासन कार्यालय सुनसरीमा पठाइएको पत्रलाई प्रजिअले सम्बन्धित निकायसंग बुझि आवश्यक प्रक्रिया अघि बढाउनु भनी तोक आदेश गरेसंगै उक्त पत्र बुधबार प्रशासनको दर्ता कितावक १०२७ नम्बरमा दर्ता भएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “अवैध ओसारपसार रोकेपछि विरोध” शीर्षकको समाचार छापिएको छ । प्रतिबन्धित वस्तुको आयातमा प्रशासनले रोक लगाएपछि तीनपांग्रे रिक्सामा पारिबाट मालसामान भित्रयाउदै आएको अपांगता भएकाहरु विरोधमा उत्रिएका छन् ।उनीहरुले बुधबार भन्सार कार्यालय माडरअगाडि धर्ना बसेर सवारी आवागमन अवरुद्ध पारेका थिए । पहिला पारिबाट खाद्यलगायतका वस्तु भित्रयाउँदै उनीहरुले भन्सार राजस्व कटाउनुपर्दैनथ्यो । भन्सारमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीलाई मिलाएर मालसामान भित्र्याउँदै आएका थिए । तेल, चिनी, साबुन, विस्कुटलगायतका सामान पारिबाट नेपाली बजारमा भित्रयाउँदै आएका उनीहरुमाथि बुधबारबाट जिल्ला प्रशासन कार्यालयको निर्देशनमा कडाइ गरिएको हो ।

उद्घोष : आजको उद्घोष दैनिकमा “पुलमा ध्यान छैन, बाटोमा जोड” शीषकको समाचार छापिएको छ । विराटनगरको दक्षिणी सीमाक्षत्रमा एकीकृत भन्सार जाँच चौकीको निर्माण धमाधम भैइरहेको छ । आउँदो मार्च महिनाको अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले निर्माण कार्य गरीरहेको छ । यही जनवरी महिनामै निर्माण सम्पन्न गर्नुपर्नेमा विविध कारणले गर्दा समयमा काम सम्पन्न हुन नसकेको हो । अर्बौ लगानीको त्यति ठुलो प्रोजेक्टको काम भईरहेको बेला त्यसको नजिकै रहेको मिरगञ्ज पुल निर्माणमा भने भारत सरकारले ध्यान दिएको छैन । सय वर्षभन्दा पुरानो सो पुल कुनै पनि बेला भत्किन सक्ने अवस्थामा छ । जुन पुल १ नम्बर प्रदेशकै मुख्य नाका विराटनगर भन्सारको कारोबारसंग जोडिएको हुँदा पुल पुल भत्कियो भने यहाँको सम्पुर्ण कारोबार नै बन्द हुन जान्छ ।

औजार : आजको औजार दैनिकले “हिमपातले जनजीवन प्रभावीत” शीर्षकको समाचार छापेको छ । हिमपातका कारण सोलुखुम्बुसहित उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावीत बनेको छ । जिल्लासहित आसपास क्षेत्रका हिमाल तथा डाँडापाखा हिउँले सेताम्मे भएको छ भने अत्याधिक चिसो महसुस गरिएको छ । मङ्गलबार रातीदेखि परेको पानि र हिमपातका कारण सडक यातायातदेखि हवाई यातायातसमेत पूर्णरुपमा बन्द भएको छ । स्थानीय यातायात आंशिकमात्रमा सत्तचालन भइरहेको छ । मंगलबार सल्लेरीबाट काठमाण्डौँका लागि छुटेका अधिकाँस जीप पत्तालेमा राकिएका छन् भने सोलुखुम्बु जाने जीप ओखलढुङ्गाको ठाडेमै रोकिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । औजार दैनिकले “ट्राफिक प्रहरीले उठायो ५ लाख बराबरको राजश्व” शीर्षकको समाचार पनि छापेको छ । अस्थायी जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरले चालु आर्थिक वर्षको ६ महिनामा ४ लाख ८४ हजार राजश्व संकलन गरेको छ । प्रहरीले यहि साउनदेखि पुष मशान्तसम्म ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने मोटरसाईकल, ट्रक, टयाक्टर, बस, टयाक्सी, लगायत २ सय सवारी साधनलाई कारबाहीमार्फत सो बराबरको राजस्व संकलन गरेको हो ।