धरान : हिसान स्पोर्टस मिट अन्तर्गत फुटबल खेलको फाइनलमा विश्वआदर्श कलेज डिपो स्कुल प्रतिष्पर्धा गर्ने भएका छन् ।

बिहीबार धरान–१७ स्थित एन्फा एकेडेमीमा भएको सेमिफाइनल खेलमा धरान आदर्श स्कुललाई ट्राइब्रेकरमा पराजित गर्दै डिपो स्कुल फाइनलमा पुगेको हो । निर्धारित समयको खेल एक एक गोलको बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । ट्राइब्रेकरमा डिपो स्कुलले ५ गोल गरेको थियो भने धरान आदर्शले ३ गोल गरेको थियो ।
बिहीबार नै भएको अर्काे सेमिफाइनलमा एम्स एकेडेमीलाई ट्राइब्रेकरमा पराजित गर्दै विश्व आदर्श कलेज फाइनलमा पुगेको हो । फाइनल खेल शुक्रबार विहान ८ बजे धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा हुनेछ ।

हाजिरी जवाफमा गोदावरी प्रथम

हिसान स्पोर्टस् मिट अन्तर्गत बिहीबार धरानको कलेज अफ म्यानजमेन्टमा भएको हाजिरी जवाफ प्रतियोगितामा इटहरीको गोदावरी विद्या मन्दिर प्रथम भएको हो ।

त्यस्तै गरी इटहरीको विश्व आदर्श कलेज द्वितिय, इटहरीकै कोशी सेन्ट जेम्स स्कुल तृतिय र धरानको विष्णु मेमोरियल स्कुल सान्त्वना भएको थियो । प्रत्येक टिममा३ जना विद्यार्थी सहभागी थिए भने प्रतियोगितामा १२ टिमले सहभागीता जनाएको प्रतियोगिता संयोजक हेमन्त भण्डारीले बताए । विजेता विद्यार्थीहरुलाई हिसान स्पोर्टस् मिट संयोजक सागर भट्टराई र हिसान जिल्ला सदस्य नेत्र प्रसाद सुवेदीले पुरस्कार वितरण गरेका थिए ।