इटहरी: इटहरी उपमहानगरको जारी चौथो नगरसभाले ११ वटा सडक योजनालाई वहुबर्षीय योजनाको रुपमा सञ्चालन गर्ने प्रस्ताव पारित गरेको छ ।

नगरसभा सदस्य रुपेश चौधरीले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित भएको हो । आगामी तीन बर्ष भित्रमा बहुबर्षीय योजनामा परेका सडक कालोपत्रे गर्ने लक्ष्य लिइएको छ । मझौरादेखि ब्रह्मपुरसम्मको सडक, कान्छीचोक-वडहरा-डकाहा-पटेर्वा-अमाहा-महुलिया हुदै जनसहयोग स्कुलसम्मको सडक, खनार प्रहरी चौकी-भानुमार्ग-भारवी कलेड रोड जोडने सडक, वडा नम्वर ७ र ८ लिंकरोडको वाँकी खण्डको सडक,वीर नारायण मार्ग सडक कालोपत्रे गर्ने वहुवर्षीय योजना पारित भएको हो ।

50827910_10214884066107928_

यसैगरि जब्दी मेलादेखि शम्भुनाथ आधारभूत विद्यालयसम्मको सडक, वडा नम्वर १ वडा कार्यालयदेखि माझी टोलसम्मको बाटो, रामजानकी मन्दिरबाट जब्दि टोल जाने वाटो, हल्गडादेखि कंचन चौकसम्मको बाटो र भूर्कीदेखि नहरसम्मको बाटो र टावर मुसहरी टोल आम्जुँगी पूर्व वुढिखोला रोड स्रोत वाटो छोटी पूल हुदै आम्जुँगी सम्मको सडक कालोपत्रे गर्ने वहुवर्षीय योजना पारित भएको हो । यसैगरि आजको सभाले पुष ३० गते प्रस्तुत योजना संशोधन तथा परिवर्तन प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । सभा माघ १६ गते दिउसो १ वजे सम्मका लागि सभाध्यक्ष द्धारिकलाल चौधरीले स्थगीत भएको जानकारी दिए ।