झापा: बिशेष सुराकीको आधारमा प्रहरीले झापाको छुट्टाछुट्टै स्थानबाट सखुवाको चिरान काठ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय सुरुङगा र कन्काई सब डिभिजन बन कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले झापाको कन्काई नगरपालिका ४ बस्ने चन्द्र चौहानको घरमा लुकाई छिपाई राखेको अवस्थामा काठ वरामद गरेको हो । प्रहरीका अनुसार चौहानको घरबाट १८ थान २०.३५ क्यु.बि. फिट वरामद भएको छ ।

यस्तै, कन्काई नगरपालिका ४ का सुकबहादुर श्रेष्ठले गाईगोठमा लुकाई छिपाई राखेको २३ थान १४.१७ क्यु.बि. फिट काठ बरामद गरेको हो । बरामद गरेको उक्त परिमाणको चिरान काठ कन्‍काई सब डिभिजन बन कार्यालय सुरुङ्गामा बुझाईएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।