झापा: महिला संचारकर्मीहरुको छाता संगठन नारी संचार गृहले बहुउद्देश्यीय राखेर स्थापना गरेको अक्षयकोषका लागि वीरता लेडी जेसीजले सहयोग गरेको छ ।

जेसीजको १४ पद हस्तान्तरण कार्यक्रममा अक्षयकोष बृद्धिका लागि १० हजार एकसय रुपैयाँ प्रदान गरिएको हो । वीरता लेडी जेसीज सन् २०१८ की अध्यक्ष नम्रता ढकाल, संस्थापक अध्यक्ष शारदा रिजालले नारी गृहकी सचिव रेजिना गौतम, संस्थापक इन्दु पूर्वेली, सदस्य मनिषा चम्लागाँईसहितको टोलीलाई सो रकम हस्तान्तरण गरेका हुन् । जेसीजको सहयोग रकम ग्रहण गर्दै नारी संचार गृहकी सचिव रेजिना गौतमले जेसीजको सहयोगले संस्थाको लक्ष्यमा पुग्न हौसला मिलेको उल्लेख गर्दै धन्यवाद आभार व्यक्त गर्दै धन्यवाद दिइन् ।

गत भदौं २१ गतेदेखि सुरु गरिएको नारी संचार अक्षयकोषमा हाल दाताले दिएको सहयोग तथा देउसी खेलेको रकमसहित गरी दुईलाख २५ हजार रुपैयाँ जम्मा भएको छ । संस्थाले बहुउद्देश्यीय लक्ष्य राखेर २५ लाखको अक्षयकोष स्थापना गरी क्षमता अभिबृद्धि, प्रोत्साहन तथा विविध कार्यक्रम गर्ने लक्ष्य राखेको अक्षयकोष बृद्धि तथा परिचालन समितिकी संयोजक भीमा शिवाकोटीले जानकारी दिए ।