सुनसरी:युवाशक्ति विदेश पलायन हुने क्रम बढीरहेको वेला इटहरीका उद्यमी युवाहरु भने संगठित भएका छन् ।

नेसन फष्ट भन्ने नाराका साथ सुदिप घिमिरेको नेतृत्वमा युवा उद्यमीहरु संगठित भएका हुन् । युवा उद्यमी मंच इटहरीको उपाध्यक्षमा विनोद पौडेल, प्रोगाम चेयरमा कुमुद निरौला र फाइनान्स चेयरमा सन्तोष आर्चाय चयन भएका छन् । यसैगरि सदस्यहरुमा किरण पराजुली, चन्द्रमणि देवकोटा, श्रुति शर्मा, सिद्धार्थ श्रेष्ठ, ममता प्रसाई र आकाश दुलाल रहेका छन् । यस्तै सदस्यहरुमा आकाश पौडेल, आभाष भटटराई, जिसुन चापाँगाँई, राजिव घिमिरे, सन्तोष कार्की, उत्सव थापा, श्रद्धा विष्ट, सोनी थापा, अभिशेक बस्नेत, आयुष न्यौपाने, माधव भटराई, राकेश श्रेष्ठ, सरोज वस्नेत, महेष पौडेल र सिनेट रिजाल रहेका छन् ।

50946050_10214884095468662_

मञ्चका अध्यक्ष सुदिप घिमिरेले युवालाई उद्योग ब्यवसायमा लाग्न प्रोत्साहित गर्न विभिन्न कार्यक्रम गर्ने प्रतिवद्धता जनाए । उनले देशको आर्थिक सम्वृद्धिका लागि स्वदेशी उत्पादनको प्रर्वद्धनमा जोड दिने बताए । पदस्थापन कार्यक्रममा प्रदेश सांसद लिलम वस्नेतले प्रदेशलाई सम्वृद्ध वनाउन युवा उद्यमीहरुको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले युवाले स्वदेशमै उद्योगघन्दा संचालन गर्नु गौरवको कुरा भएको वताए । उद्योग संगठन मोरगका अध्यक्ष भीम घिमिरेले देश वनाउने युवा शक्तिले नै भएकाले उद्योग ब्यवसायमा युवापुस्ता सहभागि हुदा सरकारको सम्वृद्ध नेपाल वनाउने अभियानमा सहयोग पुग्नेमा जोड दिए ।

यसैगरि मोरग ब्यापार संघका अध्यक्ष पवन कुमार सारडाले युवा उद्यमी संगठित भएर उद्योग ब्यवसायको क्षेत्रमा लाग्दा परिवर्तनलाई कसैले रोक्न नसक्ने वताए । युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष अजय श्रेष्ठले १५ बर्षअघि गठन भएको मञ्चले हालसम्म गरेका गतिविधिहरुको वारेमा जानकारी गराएका थिए ।