इनरुवा: सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को खबाट निर्वाचित प्रदेश सांसद हाजि ताहिर अन्सारीले निर्वाचन क्षेत्रमा पूर्वाधार बिकास कार्यक्रमको बजेटअनुसार योजनाहरु छनौट गरी सार्वजनिक गरेका छन् ।

प्रदेश सभाको निर्वाचन क्षेत्रमा स्थानियहरुबाट माग भएर आएका योजनाहरु र आवश्यकताका आधारमा छनौट गरिएका योजनाहरु स्थानीय पूर्वाधार बिकास कार्यक्रमको आर्थिक वर्ष २०७५÷०७६ का लागि २ करोडको बजेट रहेको र सोही अनुसार योजनाको छनौट गरिएको सासंद अन्सारीले बताएका छन् । निर्वाचन क्षेत्र अन्र्तगत शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार बिकास, सस्कृति र परम्पराको संरक्षणको क्षेत्रमा जनस्तरमा सहयोग पुग्ने गरि योजनाहरु रहेको उनले बताए ।

नेपाली काग्रेस भोक्राहा नरसिहं गाउँपालिका सभापति तथा सासंद अन्सारीलाई योजना छनौटका लागी सहजीकरण गरेका युवराज दाहालका अनुसार मानविय विकाससँगै भौतिक पुर्वाधार विकासका लागि हरिनगर गाउँपालिका ४ मा रहेको हरिनगर उच्च माविको भवन निमार्ण २५ लाख विनियोजन गरिएको छ । सोही गाँउपालिकाको २ नं वडामा पुरानो रामनगर भुटाहा बजारदेखि बसन्तपुर भारत सिमासम्म जोडने पुरानो सडक गाउँपालिका सगँको साझेदारीमा ५० लाख बजेट विनियोजन गरिएको छ ।

हरिनगर गाउपालिका अन्र्तगतको वडा नं ६ र ७ का साथै ७ नं वडाको सिमाक्षेत्रदेखी पुर्व मोहरनी चौक हुदै कब्रस्थानसम्म बाटो निमार्ण १० लाख, हरिनगर गापा ५ नं वडा पुरानो बसन्तपुर ९ को नवदुर्गा मन्दीर निमार्ण १० लाख बजेट विनियोजन गरिएको छ ।

हरिनगर ४ मा सुशिल कोइराला स्मृति प्रतिष्ठान भवन निमार्णका लागी १० लाख, विहानी समाज विकास केन्द्र हरिनगरा मार्फत संचालन हुने सिप विकास तालिमका लागी ११ लाख, भोक्राहा नरसिह १ शान्तीचौकमा रहेको शिव मन्दीर निमार्णका लागी १० लाख, भोक्राहा नरसिह ३ स्थित लवटोलिया देखि रामेश्वर खत्वेको घर सम्म जोडने बाटो निमार्ण ७ लाख बजेट विनोजन गरिएको छ ।

भोक्राहा नरसिह ४ चिरौली चौकमा शिवमन्दीर निमार्ण ५ लाख, भोक्राहा नरसिह ५ इस्लाम र तालेमुल मदर्सा भवन निमार्णका लागी ८ लाख, भोक्राहा नरसिह ६ समसान घाट कब्रीस्थान घेरावेरा र रामजानकी मन्दीर निमार्णका लागी ८ लाख रकम विनियोजन गरिएको नेपाली काग्रेस भोक्राहा नरसिहं गाउँपालिका सभापति दाहालले जानकारी दिए । भोक्राहा नरसिह ८ स्थित हनुमान मन्दीर उत्तरमा रहेको रामजानकी मन्दीर निमार्णका लागी ८ लाख, भोक्राहा नरसिह ४ चिरौली चौकमा शहिद ब्रह्मदेव उराँव मण्डेला प्रवेशद्धार निमार्णका लागी ५ लाख रकम विनियोजन गरिएको छ ।

इनरुवा ४ मा रहेको कविर जिवन ज्योती भवन छत ढलान ५ लाख, इनरुवा ८ मा स्यालो टयुवेल ५ थान का लागी ९ लाख इनरुवा ८ मा रहेको त्रिभुवन मावि घेरावेरा भवन निमार्ण ५ लाख, इनरुवा ४ राजाजी भगवती मन्दीर निमार्ण ५ लाख इनरुवा ३ चिनीमलि छेउ राजाजी डिहिवार मन्दीर निमार्ण ५ लाख , इनरुवा ३ पंडित टोल डिहिवार मन्दीर निमार्णका लागी ५ लाख समेत गरि सवै योजनाहरुमा २ करोड बजेट विनियोजन गरिएको दाहालले बताए । स्थानीय तहको माग, आवश्यकता , निर्वाचन क्षेत्र भित्रको प्राथमिकता र समानुपातिक बिकासको अवधारणा अनुरुप प्रदेश सरकार, मन्त्रि परिषद्को कार्यविधी ऐन, २०७५ को दफा ३ ले दिएको अधिकारले निर्दिष्ट गरेको नियमको अधिनमा रही प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम तय गरिएको प्रदेशसभा सासंद अन्सारीले बताए ।