इनरुवा: जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सुरक्षा जाँचका साथै मोवाईल सेवाका रुपमा गुडाएर प्रयोग गर्न मिल्ने व्यारिकेड हस्तान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा आयोजित एक कार्यक्रमका बिचमा एनआईसि एसिया बैकका क्षेत्रिय प्रवन्धक लक्ष्मण चालिसेले प्रहरी उपरिक्षक राजन अधिकारीलाई सो व्यारिगेट हस्तान्तरण गरेको प्रहरी नायव निरिक्षक शिवकुमार शर्माले जानकारी दिए ।

प्रहरी उपरिक्षक अधिकारीले आवश्यकता परेका स्थानमा सुनसरी प्रहरीले ती व्यारिकेडलाई राखेर सुरक्षा जाँच तथा सवारी साधनहरुको गति नियन्त्रण गर्न सक्ने भएकाले व्यारिगेटले प्रहरीलाई सहयोग पुग्ने विश्वास बताए । भित्री सडक तथा सडक सुरक्षा चेकजाँचका क्रममा बिभिन्न स्थानमा गुडाएर लैजान मिल्ने प्रति व्यारिगेटको मुल्य न्युनतम ३० सम्म पर्ने ६ थान व्यारिगेड हस्तान्तरण गरिएको हो ।