पथरी: मोरङको पथरीशनिश्चरे ८ को दोहोलु शुक्रवारेस्थित केर्खा खोलामा पक्की पुलको शिलान्यास भएको छ ।

नगर प्रमुख दिलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, वडाध्यक्ष बाबुराम दहाल, इन्जिनियर कृष्णप्रसाद कोइराला सहितले पुलको शिलान्यास गरेका हुन् । नगरपालिका कोषको २७ लाख १६ हजार र उपभोक्ता जनश्रमदानबाट १९ हजार १ सय ७२ गरी २७ लाख ३५ हजार १ सय ७२ रुपैयाँ लागतमा ९ मिटर लम्वाई र साढे ५ मिटर चौडाईको पुल वन्ने भएको हो ।